जापानमा नेपाली कलाकारहरुले सर्ट मूभी “दिब्य दृष्‍टि” तयार

पछील्लो समय स्टुडेन्ट भिसामा जापान जाने क्रम बढे संगै जापान पुगेर आत्माहत्या गर्नेको संख्यामा पनि ब्रिध्धी भएको छ । यही बिषयमा केन्द्रित रहेर जापानको सेन्दाइमा रहने नेपाली कलाकारहरुले सर्ट मूभी “दिब्य दृष्‍टि” तयार परेका छन् ।
स्टुडेन्ट भिसामा बिदेसिने बिशेष गरी जापान पुग्ने नेपाली हरुले के कारणले आत्महत्या गर्छन् भन्ने बिषयलाई छोटो रुपमा प्रस्तुत गरिएको यस मूभीमा अनिलकुमार निर्दोस, मिस टाइगर र बिष्णु क्षेत्रीको अभिनय रहेको छ । नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा एक दसक देखी कृयाशिल अनिलकुमार निर्दोसको कथा र सम्पादनमा लूट लगाएत थुप्रै नेपाली चलचित्रहरुमा असिस्टेन्ट डिरेक्सन गरेका चलचित्र दत्तकका निर्देशक अनिल भुसालको सिनेमेटोग्रफि र निर्देशनमा तयार भएको हो ।
स्टुडेन्ट भिसामा बिदेसिने युबाहरुको लागि बिशेष चेतना दिने यो सर्ट मूभीको उद्देस्य रहेको निर्देशक अनिल भुसालको भनाइ छ ।

 https://www.youtube.com/watch?v=f5oQ30YR6pY&feature=youtu.be

२०७४ जेठ २९ गते प्रकाशित