बागलुङका ३ जना खेलाडी सम्मेलित फ्रेन्ड्स क्लब सेमिफाइनलमा प्रवेश

बागलुङ, २५ जेठ
काँठमाडौंमा जारी दोस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहीबार) भएको क्वाटर फाइनलमा फ्रेन्ड्स क्लब र नेपाल आर्मि विजयी भएका छन् ।
फ्रेन्ड्स क्लबमा बागलुङका आशिष के.सी., निशान थापा मगर र अविशेक बोहोरा सम्मेलित छन् । थापा मगर क्लबका टिम क्याप्टेन हुन ।
रोमाञ्चक खेलमा एपिएफसँग २–० ले पछि परेको खेल उल्टाउँदै फ्रेन्ड्स अघि बढ्न सफल भयो । फ्रेन्ड्सले एपीएफलाई ३–२ गोलले पराजित गर्दै गर्दै फ्रेन्ड्स सेमीफाइनलमा प्रवेश गरेको छ । फ्रेन्ड्सका लागि आशिष के.सी.ले ५० औँ मिनेटमा, दिक्षित थापाले ७९ औँ मिनेटमा र निशान थापा मगरले ९० औँ मिनेटमा गोल गरे । त्यस्तै एपीएफका लागि अजित वाइबाले ७ औँ मिनेटमा र प्रदिप रानाले ३३ औँ मिनेटमा गोल गरे ।
आज नै भएको अर्को खेलमा नेपाल आर्मीले सरस्वोतीलाई ५–० गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि सरस्वोतीका रिस्हब राज अधिकारीले १४ औँ मिनेटमा र संजीत राईले ७८ औँ मिनेटमा आत्मघाती गोल गरे । त्यस्तै दिनेश योन्जानले ६९ औँ मिनेटमा, गौरब गुरुंगले ८४ औँ मिनेटमा र मनिष खड्काले ९४ औँ मिनेटमा गोल गरे ।