
“मिस नेपाल ”
——————-
मिस नेपाल !
शुभकामना मिस नेपाल पदवीको !
हरेक बर्ष भैंसीले पाडो जन्माए झैँ
जन्माउँछ एउटी “मिस नेपाल” देशले !
थाहा छैन
के उद्देश्यले जन्माउँछ
र किन पहिराई दिन्छ
टलक्क टल्कने अर्धचन्द्ररुपी ताज शिरमा !
अफसोच !
सुस्त-सुस्त बिलाउँदै जान्छन्
ताज पहिरेकै भोलि पल्ट बाट
जसरी बिलाउँदै बिलाउँदै जान्छ
जून पूर्णिमाको भोलि पल्ट बाट !
मिस नेपाल !
शुभकामना सुन्दर भबिष्यको ।
आम मिस नेपाल भन्दा अझै माथि उठेर
चम्किरहनु देशको गौरवमय आकाशमा ।
छुनु माटो
चिम्लनु आँखा
र सोच्नु मातृभूमि
तिमी एक मिस नेपाल हौ ।
तिमीले नै खोज्नु पर्छ यस्को वास्तविक अर्थ ।
कुनै महङ्गो रक्सीको बोतलमा
ठाडो घाँटी लगाएको तस्बिरमा सिमीत नहुनु
र नहुनु सिमित अर्धनग्न शरीर संग केश उडाएर
कुनै साबुन स्याम्पुको कभरमा !
बस्नु तिमी विराजमान भएर ती बोर्डहरुमा
जस्का छेवैमा अनाथालय हुन्
बृद्धाश्रम हुन्
बालमैतृ घर हुन्
चेलिबेटी बेचबिखन विरुद्धका कार्यालय हुन्
र जाओस् सफल श्रेय त्यही तस्विरलाई ।
जो ठूलो बोर्डमा आशिन छ ।
बन्नु ती नारीहरु जस्तै
जस्ले देशलाई फुलाएका छन् ढकमक्क गुराँस सरी
छरेका छन् सुगन्ध बाबरीले जस्तै गरि
थपियोस अर्को उस्तै नाम
भृकुटी सीता अनुराधा मीरा पुष्पाहरुको लहरमा !
मिस नेपाल
दिनेछु भब्य बधाई एकदिन
जब भेट्नेछु उल्लेखित कुनै हाईवेहरुमा !
उभिनेछौ उल्लेखित नामहरुको पंक्तिमा ।
कृपया !
नसके नउभिदिनु सनि लियोन हरुका लाईन् मा।
© लेख कार्की










