अधीशको एक गजल

पराई गाउँ संग नाता तोडेर आएँ
पीर ब्यथा सबै उता छोडेर आएँ

सम्झनाले धेरै तान्यो हेरन सानु
तिम्ले देको जाली रुमाल ओढेर आएँ

जसो तसो छाक हामी टारौंला भनी
धन फल्ने बाटा हरू मोडेर आएँ

एक्लै दिन काट्दा अत्यास भो धेरै
माया भेट्न ढुङ्गा माटो फोडेर आएँ

पीर तिमी नलेउ कत्ती सम्झाई भन्छु
खर्च टार्न आना सुकी जोडेर आएँ

राम कँडेल अधीश
बाग्लुङ
हाल दक्षिण कोरिया