
बागलुङ, ७ बैशाख
पुल नगरी कुश्मा नगरपालिका भित्र पाँचौ अग्लो झोलुंगे पुल निर्माण हुने भएको छ । पर्वतको कुश्मा र बागलुङ्ग बजार जोड्ने गरि गरी उक्त झोलुंगे पुल निर्माण हुने भएको हो ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले उक्त झोलुंगे पुललाई चालु आर्थिक बर्ष २०७३/०७४ देखि निर्माण गर्ने गरी अगाडि बढाएको छ । कुश्मा नगरपालिका वडा न १ पाङ देखि बागलुङ नगरपालिका वडा न १ मा प्रसिद्ध कालिका भगवती मन्दिर र रामरेखा वरपर जोड्ने गरी उक्त झोलुंगे पुल निर्माण हुने भएको हो ।
पुल निर्माणका लागि सरकारले पहिलो चरण अन्तरगत विस्तृत सर्वेक्षण गरी लागत स्टिमेटको विवरण तयार गरीसकेको छ । उक्त पुललाई टेण्डर प्रक्रिया मार्फत आगामी २ बर्ष भित्र सम्पन्न गरिने निमिक्त प्रमुख जिल्ला इन्जिनियर लक्ष्मी भण्डारीले जानकारी दिए ।
पुल निर्माणको लागि अनुमानीत रकम २ करोड विनियोजन भईसकेको छ । विज्ञहरुले तयार गरेको लागत विवरणको स्टिमेट विभाग मार्फत जिल्लामा अनुमोदनका लागि प्राप्त भएपछि थप कार्य अगाडि बढने जिल्ला प्राविधिक कार्यालय पर्वतले जनाएको छ ।
उक्त पुल निर्माण भएपछि भने पाङ र बागलुङ्ग बजार क्षेत्र प्रत्यक्ष रुपमा जोडिनेछन । प्रसिद्ध कालिका भगवती मन्दिर नजिक बन्ने भएकाले उक्त पुलले पर्यटकीय रुपमा समेत बिशेष आर्कषण थप्नेछ ।








