बागलुङ, २८ चैत्र
नेकपा एमाले बागलुङले बानपा–१२ मा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले सरकारले संविधान संशोधनको बाहनामा निर्वाचन टार्ने चलखेल गर्न लागेको बताउनुभएको थियो । संविधान संशोधन राष्ट्रहित विपरित भएकाले तत्काल स्थागीत गरी निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बागलुङका उपाध्यक्ष कृष्ण पाठक, हरिनारायण गाँैतम, सचिवालय सदस्य तथा नगर सहइन्चार्ज धनबहादुर परियार, गुरुदक्त पाठक, डि. आचार्य लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम कर्णबहादुर खत्रीको अध्यक्षता, रुद्रकली आचार्यको स्वागत र खेमनाथ ढकालको संचालनमा सम्पन्न भएको थियो ।








