इमर्जिङ टिम एसिया कपः नेपाल र पाकिस्तान एकै समूहमा

काठमाडौं, २५ फागुन
इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ ।

बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो ।

यो समूहको खेल क्रक्स बजारमा हुनेछ ।

समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ ।