नारी

सिर्जना कार्की

लुटिए
चल्दै गरेको स्वास,
टुटाइयो प्रेमिल सम्बन्ध
बाबु र आमा बिचको
सकाइयो मानबियता
जो बर्षौ देखि बाचिरहेको थियो
लुकाइयो आँसु

गर्भमै प्राण त्याग्न लगाइयो
नारी भएकै कारण
हजारौ हजार छोरीलाई।

विवशताका पिंजडामा
थुनिदिन्छ यो समाज
बहाना-रजस्वलाको गर्दै,
छाउपडीको सम्बोधनमा
निर्मम जीवनको लागी ।

बलिदान दिन्छ्न् अल्पायुमै
नारी भएकै कारण
हजारौ हजार नेपाली नारीले ।

टुटाउछ आफ्नो कर्म
छुटाउछ आप्नो धर्म
एक पुरुष
आफ्नै घमन्ड पनले
आफ्नो अन्त्य गर्छ

भिराइदिन्छ
श्रीमतिमा उपनाम-बिधवा ।

बिचरी बिधवा
जोडिदिन्छ समाज पुन:उपनाम-बोक्सी ।
धन्य मेरो समाज ।

अझै
घन्काईन्छन् यहाँ नारी दिबसका नारा
स्वतन्त्रताका नारा
र गरिन्छ पुरुषबाट महिला थिचिएका कुरा
वा ! मेरो शिक्षित समाज
वा ! मेरो देश !