
रसिक राज
पौराणिक सोच र
आधुनिक रहरको गुजुल्टोले
बेरीएका मान्छे
धार्मिक कैदिगृर्हका बाथरुममा
मागहरुका अनहाइजेनिक रङ्गले नुहाएका
दैविक आकृति
बेस्तछन् चुस्न
नाङ्गीएको ऐन्टीक सभ्यता
अनुकरणको पखालाले
ग्रस्त संस्कृती
घरी घरी
फ्याकिरहेछ ढाडिएका मोडन् जुका
अज्ञात आदिम पाइखानामा ।
बिभाजनको सरुवा रोग
भित्रिरहेछ
अन्तरास्ट्रीय अनुदानसँगै
चिल्ला गाडीमा बसी
डलर सँग मस्कीदै,गफिदै।
गिदी सुकेर
स्वपहिचान हराएका
बिलाशित खप्परे लिडर
कुल्चीरहेछन्
हिडिरहेका अग्रगामी पाइतलाहरु।
शहरका आलिशान
नोस्ताल्जीक लाएन प्यालेस प्लस दारुमहलमा
देश दगुराउने पङ्क चालकहरु
उडाउदै छन्
प्रजातान्त्रिक सिग्रेटे धुवा
चबादै छन् लोकतान्त्रिक सितन
घुट्काउदै छन् गणतान्त्रिक मदिरा।
बाहिर
आम झिङ्गे मानुष
चाटिरहेछ
आस्वासनको डेट ऐक्सपायर ललिपप ।
नेपालगन्ज २४ बाँके
एउटा समयसचेत कविको ‘स्ट्याटस अपडेट’जस्तो । जसले देशको ख्वाईदेखि पदाईसम्मको स्वाद र गन्ध समेटेर एकै श्वाशमा बोलेको छ।
Samasamayik vastaviktako chitran kavita marfat chyaplanga.