नारायण रिजाल
बागलुङ, १० साउन/नेपाल तरुण दलका कार्यबहाक अध्यक्ष जन्मजय तिमिल्सीनाले पार्टी भित्रको गुट अन्त्य गर्न युवाहरुले भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
नेपाल तरुण दल बागलुङले सोमबार आयोजना गरेको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै तिमिल्सिनाले समृद्ध नेपाल बनाउनका लागि हरेक राजनितिक दल भित्र रहेको बिकृतिलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
तरुण दलको आसन्न चौथो महाधिवेशन सन्दर्भमा बागलुङ आउनुभएका तिमिल्सीनाले आगामी महाधिवेशनमा गुट उपगुटलाई अन्त्य गरी पार्टी र संगठनलाई थप मजबुत र शसक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसको भातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशन विगतका दिनहरुमा तोकिएका समयमा नहुने परम्परा जस्तै बनेको छ, उहाँले भन्नुभयो, त्यसैले अहिले पनि शंका गर्नु स्वभाविक हो तर शंकाका घडि अब समाप्त भएकाले विश्वस्त हुर्नुस् ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पाटी सभापति दिपेन्द्र बहादुर थापाले पार्टी निर्माणमा तरुण दलको भुमिका महत्वपूर्ण हुने भएकाले यसलाई गतिशिल ढगंले अघि बढाउन आग्रह गर्नुभयो ।
नेपाल तरुण दल बागलुङका अध्यक्ष उमकान्त शर्मा ‘बाबु’को अध्यक्षता, र नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य सिताराम रसाईलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।