एसईई परीक्षामा १ लाख ६७ हजार अनुत्तीर्ण

काठमाडौं,  माध्यमिक शिक्षा परीक्षामा १ लाख ६७ बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

शुक्रवार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ६७ हजार ५९७ अनुत्तीर्ण भएका हुन् ।

गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए ।