लेखानी माध्यमिक विद्यालयको तेस्रो अक्षय कोष दिवस

सुजन रेग्मी ।
बागलुङ, ५ फागुन । काठेखोला गाउँपालिका–८ लेखानीको लेखानी माध्यमिक विद्यालयले तेस्रो अक्षयकोष दिवस मनाइएको छ ।

दिवसको उद्घाटन पछि बोल्दै समाजसेवी दिलबहादुर छन्त्यालले शैक्षिक गुणस्तर वृद्धिमा शिक्षक, विद्यार्थी र सरोकारवाला पक्षहरु सवै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा सुधार भएमा गाउँको विकासमा सहयोग पुग्ने बताउँदै पालिका र वडाले शिक्षालाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य पूर्णमाया सुनार, पूर्व वडा सदस्य काशीराम कँडेल, वडा सदस्य मोम बहादुर रोका, लेखानी आधारभूत विद्यालयका पूर्वप्रधान्ध्यापक भीमप्रसाद कँडेल, शिक्षक सागर पौडेल र रुद्रप्रसाद श्रेष्ठले विद्यालयको प्रगतिको कामना गर्दैै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन सवै लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अक्षयकोषमा रकम प्रदान गर्ने चन्दादाताहरु दुर्गा कंडेल, एकराज कंडेल, तुलसीराम कंडेल, नन्दलाल कंडेल, दिर्पा कंडेल, जय नारायण कंडेल, मुक्तिराम कंडेल, मिरा श्रेष्ठ, मनकुमारी सुनार, बसुन्धरा काउचालाई सम्मान गरिएको थियो । विद्यालयले अक्षयकोषमा सहयोग गर्ने चन्दादाताहरुलाई पाँच, पाँच वर्षमा सम्मान गर्दै आएको थियो ।

तेस्रो अक्षय कोष दिवसमा प्रधानाध्यापक खिमाचन्द कंडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले १ करोड १९ लाखको अक्षयकोष र २५ लाख विद्यालयको आम्दानी गरी १ करोड ४५ लाख रुपैयाँ आम्दानी भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक कुमारी पुन छन्त्यालको स्वागत र प्रावी इन्चार्ज सुनिता छन्त्यालले सञ्चालन गर्नुभएको थियो ।