बागलुङ, ९ मंसिर । प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्दै पूननिर्माण गर्न शनिवारदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरिएको छ ।
सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा सुरु गरिएको महायज्ञको उद्घाटन गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री टकराज गुरुङले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै मन्त्री गुरुङले हिन्दुजम, बुद्धिजम र टुरिमको नारालाई अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली धार्मिक संस्कृतिक बचाउन सकेमा पछि पर्यटनको मुख्य सम्भावना रहेको बताउनुभयो । ‘हाम्रो भाषा र धर्मा जोगाउनुपर्छ,’ मन्त्री गुरुङले भन्नुभयो,‘भोलीको कर्म गर्न सिकाउने हाम्रो धर्मा हो । नेपालीहरुले हिन्दुजम, बुद्धिजम र टुरिजमको नारालाई अगाडी बढाएर पर्यटन प्रबद्र्धन गर्नुपर्छ ।’
मन्त्री गुरुङले हिन्दु धर्मावलम्बीहरु भारतमा धेरै रहेको र नेपालमा पशुपतीनाथ, मुक्तिनाथ लगायतका क्षेत्रको दर्शन गर्न आउन र बुद्ध धर्मावलम्बीहरु चिनमा लगायतका देशमा धेरै रहेको र उनीहरु बुद्ध जन्मस्थल लुम्बीनी आउने भएकाले उक्त क्षेत्रमा पुग्नको लागि राम्रो पूर्वाधार बनाउनुपर्ने बताउनुभयो । गुरुङले नेपालमा धार्मिक पर्यटनको धेरै सम्भावना रहेकोमा जोड दिनुभयो ।
मन्त्री गुरुङले गण्डकी प्रदेश पर्यटनको राजधानी रहेको बताउँदै प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकता दिएको बताउनुभयो । ‘गण्डकी प्रदेशले कृषि र पर्यटनलाई प्राथमिकता दिएको छ,’ उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षमा हतारमा बजेट ल्याएकोले सोचे अनुरुप पर्यटनमा बजेट विनियोजित भएको छैन । आगामी वर्ष पर्यटनमा अझै बढी बजेट विनियोजित गछौं ।’
उहाँले गाजा दह एकसय पर्यटकीय गन्तव्यमा सूचीकृत गरेपनि पूर्वाधार अभावमा पर्यटक भित्र्याउन नसकेकोले डिपिआर ल्याएर आएमा प्रदेश सरकारले पहुँचमा पु¥याउन बजेट विनियोजित गर्ने प्रद्धिबता व्यत्तः गर्नुभयो । आगामी वर्ष कालीगण्डकी कोरिडरदेखि मध्यपहाडी जोड्ने सडकले गाजालाई सहज यात्राबाट पुगिने बनाउने उहाँले घोषणा गर्नुभयो ।
स्थानीयले महायज्ञ गरेर राखेको उद्देश्य पूरा गर्न सरकार पनि तयार भएको बताउनुभयो । मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटनसँग जोडेर आर्थिक वृद्धि गरिने बताउनुभयो । उहाँले नागरिकाको आर्थिक विकासको लागि गण्डकी प्रैदेशले घरबास लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउँदै कोशेली घर, उद्यान पार्क लगायतका नयाँ कार्यक्रमहरुलाई प्राथमिकता दिएर काम गरिने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी, गलेकाट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्मा सापकोटा र काठेखोला गाउँपालिकाका उपप्रमुख तेज बहादुर थापाले ग्रामीण क्षेत्रको सडक संजाल सहज बन्दा अन्य विकासले गति लिने बताउनुभयो । उहाँहरुले गाजा दहको पर्यटन प्रबद्र्धन गर्न प्रदेश सरकार, स्थानीय सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जैमिनी नगरपालिका वडा नम्बर ३ दमेकका अध्यक्ष कृष्णबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले स्वागत मन्तव्य र संचालन कृष्ण सापकोटाले गर्नुभएको थियो ।
महायज्ञ शुरु हुनुअघि स्थमानीयले कलश यात्रा गरेका थिए । भौगोलिक रुपमा उचाइमा रहेको स्थानमा महायज्ञ लगाइएको पहिलोपटक हुन सक्ने स्थानीयले बताए । गाजा दह समुन्द्री सतहदेखि २ हजार ४ सय ६० मिटर उचाइमा छ ।
महायज्ञमा शिवदत्त रेग्मीले प्रमुखवाचकको भूमिकामा रहेका छन् भने जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको छ । महायज्ञमा पहिलो दिन विभिन्न दाताले सहयोग समेत गरेका छन् । महायज्ञका लागि मन्त्री गुरुङले ५५ हजार, गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महायज्ञबाट संकलन भएको रकम गाजा दहको पर्यटन पूर्वाधारमा र पर्यटन प्रबद्र्धनमा खर्च गरिने जनाइएको छ । महायज्ञ आगामी मंसिर १४ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।