जापानमा ‘छक्का पञ्जा ५’ प्रदर्शन गरिने

दिवाकर उपाध्याय
टोकियो, २६ सेप्टेम्बर । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ जापानमा पनि प्रदर्शन हुने भएको छ ।

दशैंको अवसर पारेर असोज २४ गते फुलपातिका दिन रिलिज हुने फिल्म जापानका ४५ वटा शहरमा एकै साथ प्रदर्शनमा आउने भएको हो । फिल्म जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने पहिलो फिल्म बन्ने छ ।

चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनि भिजोनिया का सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा उक्त चलचित्र टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ । दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै जापानमा अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले (https://dcticketing.com/) बाट टिकट लिन पाउँनेछन ।

निर्देशक दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवादहरु छन । छक्का पञ्जा ५ मा कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सन गौडेल, सुरवीर पण्डित लगायत कलाकारले अभिनय गरेका छन् ।