
कुनैपनि राष्ट्रको आफ्नो मौलिक पहिचान त्यस राष्ट्रकोभाषा, कला, साहित्य र संस्कृतिहरु हुन । भाषा, कला, साहित्य र संस्कृतिहरु पहिचान मात्र नभएर सिंगो देशको परिचय हुन, चिनारी हुन अनि गौरव, महिमा, शान र राष्ट्रलाई चिन्ने आधार स्तम्भहरु पनि हुन ।त्यसो त भाषा, कला, साहित्य र संस्कृतिमा हाम्रो देश नेपालले विश्व मानचित्रमा आफुलाई एउटा छुट्टै फरक र पृथक पहिचानमा उभ्याउन सफल भएको छ ।विभिन्न रङहरु मिलेर इन्द्रेणीलाई जन्म दिए जस्तैयहाँको कला, साहित्य, विविध जाति, भाषा, धर्म र संस्कृतिहरुले हाम्रो देशलाई ईन्द्रेणी जस्तै सुन्दर, सजिसजावत र एकतावद्ध बनाएको छ । विविधतामा एकताको उपमा बटुल्दै सभ्य र सुसंस्कृतियुक्त राष्ट्रको नागरिकको रुपमा हामीले हाम्रो परिचय पाइरहेका छौ ।
कोइलीको चिरविर, हावाको सिरसिर, नदीको कलकल, र जंगलको मिठो सुस्साहवत मानव हृदयले प्रत्यक्ष अनुभुत र महशुस गरेका अनुभुति हुन । मानव जीवन, जगत र प्रकृतिमा देखेका, भोगेका, सुनेका र महशुस गरेका अनुभुतिजन्य लिखित वा मौखिक अभिव्यक्ति नै साहित्य हो । जहाँ खुसीका सुसेलीहरु सुस्केराउछन र दुखका धुनहरु गुन्गुनाउछन् । जीवन र जगतका बास्तविकताहरु संगै जीवनका भोगाईहरु, मनका भावनाहरु, समाजका प्रतिविम्वहरु र प्रकृतिका सुन्दर उपहारहरु साहित्यका मुलहरु हुन, श्रोतहरु हुन अनि आधारशिलाहरु हुन । साहित्यका हरेक शव्द र पानाहरुले हरेक नागरिकहरुमा उत्साह, उमंग र उत्प्रेरणा पैदा गरिरहेको हुन्छ । आवश्यकताको पहिचान, विकल्पको खोजी र सम्भावनाको नविनतम ढोका खोल्दै सत्यता र परिवर्तनको मिठो शुवास छरिरहेको हुन्छ । जनको पिंडामा मनको गुण थप्दै पिडा, रोदन र सुस्केराहरुको विचमा मिठो मुस्कान छर्दै हाम्रा सिर्जनाहरुमा सुन्दरता सिन्चित हुनुपर्दछ । साहित्यको सौन्दर्य त्यसैमा लुकेको हुन्छ जहाँ जीवन र जगतको बास्तविकताहरु देखिन्छ ।जीवनको परिभाषा र अर्थ झल्किन्छ । पसिनाको सम्मान, माटोको सुगन्ध र प्रकृतिको सुन्दरतामा जीवन र जगतको सुन्दरता देखिन्छ ।
साहित्य मानव जातिको उत्पत्ति र सभ्यतासंगै प्रादुभाव भएको मानिन्छ । बैदिक एवम पौराणीक कालमा दिनभरीको यात्रा, अनुभव र भोगाईहरु एकले अर्कोलाई सामुहिक रुपमा बसेर मौखिक रुपमा सुनाइने गरिन्थ्यो । पौराणीक कालमा लेखन परम्परा थिएन त्यतिवेला लेखन साहित्यको पनि विकास भएको थिएन । बोल्नु मात्र भाव प्रशारण र अभिव्यक्तिको एक मात्र माध्यम थियो । लेखनकलाको विकास धेरै पछि मात्र भएको हो ।हाम्रो समाजमा रहेका र मान्दै आएका विभिन्न धर्महरुको धर्मग्रन्थहरु पनि मौखिक रुपमै जन्मिएका साहित्यहरु हुन ।साहित्यले आफुलाई वर्तमानको अवस्थासम्म ल्याइपु¥यादा थुप्रै आरोह अवरोहरु छिचोल्दै आएको छ । साहित्यका थुप्रै विधाहरु जन्माउदै र परिस्किृत गर्दै मानव जिवनको एउटा महत्वपुर्ण पाटोको रुपमा आफुलाई स्थापित गरेको छ । विरता, करुणा र प्रेमका भावहरुलाई कलात्मकतामा रुपान्तरण गर्र्दै साहित्य मानव अनुभुतिको एउटा शसक्त माध्यम बनेको छ । सभ्य, शिक्षित, शालिनर संस्कृतियुक्त समाजको एउटा महत्वपुर्ण अंगको रुपमा हामीले हाम्रो साहित्यलाई लिनुपर्दछ । समाज निर्माण, रुपान्तरण र परिवर्तनमा साहित्यको भूमिका निकै माथी हुन्छ । सभ्य, शालिन र संस्कृतियुक्त समाजको एउटा महत्वपुर्ण अंगको रुपमा हामीले हाम्रो साहित्यलाई लिनुपर्दछ । हामीले साहित्यलाई केवल सिर्जना मात्र हो भनेर बुझिन्छ । सिर्जना त हो नै, साहित्यको मुख्य कर्म नै सिर्जना हो, रचना हो । सिर्जनाबाटै साहित्यले आफ्नो कर्म निभाइरहेको हुन्छ । सिर्जनासंगै साहित्य समाजको मन हो, हृदय हो अनि समाज त्यसको शरिर हो । मनले शरिरका हरेक अंग प्रत्याङ्गहरुलाई निर्देशित गरेको हुन्छ । हृदयको भाव अनुसार शरिरका अंगहरुले काम गरिरहेका हुन्छन् । अनि हाम्रो समाज पनि नजानिदो ढंगले साहित्यकै निर्देशन र भाव अनुसार चलिरहेको हुन्छ । एउटा साहित्य सिर्जना गर्ने श्रष्ट्रा, सर्जक, कवि, लेखक मात्र होइन समाजका हरेक नागरिकहरु जो सिर्जनाहरु कोर्दैनन् तर उनिहरुको मन, मस्तिष्क र हृदयहरु सभ्य र सुसंस्कृतयुक्त समाजको परिकल्पनाले भरिएका हुन्छन् । हाम्रो समाज कस्तो बन्ने ? कस्तो बनाउने ?यो कुनै इन्जिनियरले स्टेट्मेण्टको खाका बनाए जसरी हुने विषय होइन, यो त मन, मस्तिकबाट चिन्तन, मनन र हृदयको गहिराईबाट उत्पन्न हुने विषय हो, जसलाई हामी हाम्रो मनको कल्पना, परिकल्पना वा काल्पनिकता भन्दछौ । त्यसो त साहित्यमा काल्पनिकताको प्रसंग अरु बढीनै उठ्ने विषय हो । साहित्य सिर्जनाको जननी पनि काल्पनिकता नै हो । काल्पनिकता साँच्चिकै सुन्दर श्रृंगार हो जसले गन्तव्य भेट्टाउन सहजता र ग्लामरको काम गरिरहेको हुन्छ ।
एउटा राजनैतिक नेताको बैचारीक प्रभाव सधै रहिरहन्छ भन्न सकिदैन तर कला, साहित्यले एउटा सभ्यता र युगमा पारेको प्रभाव अर्को सभ्यता र युगसम्म सधै वाँचिरहन सक्छ । विभिन्न धर्म मान्ने धार्मीक आस्थाका धार्मीक ग्रन्थहरु पनि साहित्यकै एउटा रुपहरु हुन, जसले समाजमा पारेको प्रभाव अहिले सम्म पनि हामीले प्रत्यक्ष महसुस र अनुभुत गरिरहेका छौ, देखिरहेका छौ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको कालजयी कृति मुना मदनमा देवकोटाले लेखेको सिर्जना “क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुदैन…..।” जुन कविता अहिलेसम्म पनि सदावहार कालजयी सिर्जना बनेर बाँचिरहेको मात्र छैन यसले समाजमा जातिय विभेद, भेडभाव, छुवाछुत जस्ता अमानविय व्यवहारको अन्त्य र न्युनिकरणमा पनि अहम भुमिका खेलेको छ । सोही कृतिमा गरिवीको बाबजुद पनि मुना र मदनको अपार माया, प्रेम र त्यागले साँच्चिकै अहिले पनि प्रेमलाई हेर्ने दृष्टिकोणमा कति महानता थपेको छ । हरेक प्रेमी प्रेमिकाहरु आफ्नो मायामा मुना मदनको जस्तै प्रेमको कामना गर्दछन ।रसियन साहित्यकार म्याक्सिम गोर्कीको “आमा”र चिनिया लेखक याङ्मोको“युवाहरुको गीत”जस्ता कृतिहरु कालजयी मात्र बनेनन् रसियन क्रान्ति र चिनिया क्रान्तिको सफलतामा एउटा शसक्त हतियार नै बने । भनिन्छ म्याक्सिम गोर्कीले “आमा” उपन्यास नलेखेको भए रसियन क्रान्ति दुइबर्ष पछि धकेलिने थियो । यसरी कुनैपनि देशको ठुला–ठुला परिवर्तनका आन्दोलनहरुमा साहित्यको प्रभावकारी भूमिका रहदै आएको छ । नेपालको परिवेशमा पनि विभिन्न समय र कालखण्डमा भएका परिवर्तनकारी आन्दोलनहरुमा साहित्य, कला र संगीतको अहम भूमिका रहदै आएको छ । २०६२÷०६३ को जनआन्दोलनमा यहाँका साहित्यकार, कवि, कलाकारहरुले खेलेको भूमिका साँच्चिकै अर्थपुर्ण र अविस्मरणीय रहयो । त्यतिवेला कवि कलाकारहरुले सडकमा ओर्लिएर कविता र गीत संगीत मात्र गुञ्जाएनन् स्वयम आफै सडकमा आएर आन्दोलनमा नै सहभागी नै भए ।
हाम्रो जस्तो देशको व्यवस्थामा सामाजिक परिवर्तन र रुपान्तरणमा महत्वपूर्ण भूमिका र योगदान राजनैतिक दलको नै हुन्छ । राजनैतिक पार्टीहरुले समाज परिवर्तनमा उल्लेख्यनिय भूमिका खेलिरहेका छन र खेल्नुपर्दछ । राज्यले राजनैतिक पार्टीहरु र तिनका नेताहरुलाई विभिन्न प्रक्रिया र माध्यमहरुबाट देशको शासकीय स्वरुप र संम्रचनामा नेतृत्वदायी भूमिकामा राखेको छ । उनिहरुमा संविधान निर्माणको अधिकार सहित ऐन, कानुन, नीति नियम निर्माणसंगै वित्तिय हस्तान्तरण र अर्थ व्यवस्थापन सहितको जिम्मेवारी दिइएको हुन्छ । त्यतिमात्र होइन राजनैतिक दलहरुमा व्यवस्था नै परिवर्तन गर्न सक्ने ताकत, शक्ति र सामथ्र्य हुन्छ । त्यसैले समाज परिवर्तनमा राजनैतिक पार्टीहरुको महत्वपूर्ण र अग्रणी भूमिका हुन्छ । त्यसो त कला, साहित्यले पनि सामाजिक रुपान्तरण र परिवर्तनमा उत्तिकै भूमिका खेलेको हुन्छ । तर फरक यत्ति हो राजनैतिक पार्टीहरुले खेलेको भूमिका प्रत्यक्ष देखिन्छ, सवैले अनुभव र महशुस गर्न सक्छन भने कला,साहित्यले खेलेको भूमिका प्रत्यक्ष देखिदैनयो त रोगी विरामीलाई ग्लुकुज पानी दिए जस्तै हो जो नशामा विस्तारै सर्दै सर्दै जान्छ, हामीले देख्दैनौ तर केही समय पछि विरामी निको हुन्छ । कला, साहित्यले पनि समाजमा नदेखिने गरेर त्यसरी नै प्रभाव छोड्दै गएको हुन्छ हामीले हाम्रो आँखाले देख्दैनौ तर विस्तारै हामी र हाम्रो समाज परिवर्तित र रुपान्तरण भएको हुन्छ । कला, साहित्यले समाजलाई रुपान्तरण गरेको बिषय देखिने र सुनिने विषय होइन यो त अनुभुत गर्ने विषय हो । राजनीतिले देखिने गरि नीति नियम र ऐन कानुनहरु निर्माण गर्दछ भने साहित्यले त्यसलाई कार्यन्वयन गर्न नजानिदो ढंगले कार्य गरिरहेको हुन्छ । आखिर जे होस समाज परिवर्तन र रुपान्तरणमा साहित्यको अहम भूमिका हुन्छ ।
साहित्य कलात्मक भाषा र शैलीमा गरिने सामाजिक यथार्थको सुन्दर अभिव्यक्ति हो । साहित्य समाजको अमुल्य सिर्जना हो भने समाज साहित्यको मूल श्रोत हो जननी हो । जो एक विना अर्को अपुरो हुन्छ, अधुरो हुन्छ । भनिन्छ साहित्य समाजको ऐना हो । समाजको संस्कृति, विकृति सबै पक्ष जस्ताको तस्तै साहित्यको ऐनामा छलंङ्ग देखिनु पर्दछ । ऐना सफा हुनुपर्दछ । ऐना सफा भएन र मैलो भयो, धमिलो भयो भने अनुहार घुरमैलो देखिन्छ । धमिलो ऐनामा न समाजको अनुहार देखिन्छ नत समाजले ऐनाको खोजी गर्दछ । त्यसो त साहित्य खाली ऐना मात्र होइन ऐनासंगै ऐनामा जडान गरिएको फिल्टर पनि हो । ऐनाले त खाली जस्ताको तस्तै जे हो त्यही मात्र देखाउछ । साहित्य फिल्टर पनि हो र हुनुपर्दछ । माथी राखिएको फोहोर पानीलाई फिल्टरले जसरी फिल्टर गरेर स्वच्छ र सफा पानी दिन्छ त्यसरी नै समाजको विकृति र विसंगतिहरुलाई साहित्यको फिल्टरले सभ्य र संस्कृतियुक्त समाज दिनुपर्दछ । एउटी सुन्दर नारीले ऐनामा आफ्नो अनुहार हेर्छिन त्यतिबेला आफ्नो अनुहारमा केही दाग देखिन् भने तत्कालै हटाउछिन त्यसरी नै साहित्यले पनि समाजको स्वरुपको पर्दार्पणसंगै विकृतिको दाग र धब्बाहरुलाई हटाउनु पर्दछ । साहित्यले समाजको रुपलाई प्रतिविम्वित मात्र गरेको हुदैन प्रतिनिधित्व पनि गरिरहेको हुन्छ । साहित्यको ऐनाले खाली समाजलाई देखाएको मात्र हुदैन अरु थप सुन्दरताको चमक थपेर समाजलाई डोहोराएको पनि हुन्छ । त्यसैले त भनिन्छ साहित्यले खाली इतिहास मात्र लेख्दैन इतिहास कोर्ने पनि गर्दछ, इतिहास कोर्ने मात्र होइन इतिहास निर्माणका आधार स्तम्भहरु पनि तय गर्दछ । साहित्य केवल लेख्नका लागि मात्र लेखिदैन, कोर्नका लागि कोरिदैन यो त जीवन र जगतको हितमा लेखिन्छ र लेखिनु पर्दछ । साहित्य खाली सिर्जना मात्र पनि होइन यो त सिर्जनासंगै जीवन, जगत र समाज प्रतिको समर्पण पनि हो । साहित्य खाली पढेर मात्र लेखिदैन यो त परेर लेखिन्छ, चोटमा लेखिन्छ, घाउहरुमा लेखिन्छ अनि भोगाईहरुमा लेखिन्छ । साहित्य काल्पनिकता मात्र लेखिन्छ भन्ने भ्रम छ यो त सत्य, न्याय, र यथार्थताको क्षितिजसम्म पुग्न काल्पनिताको साहारा लिईन्छ । यतिवेला हामी नयाँ नेपालको नयाँ व्यवस्था, नयाँ संम्रचना संगै त्यसको नविनतम अभ्यासमा छौ । देशको शासकीय स्वरुपमा मात्र होइन यहाँको हरेक पक्षहरुमा नयाँपन आएको छ । हाम्रो सोँच, चिन्तन र विचारमा पनि पक्कै नयाँ र फरकपन आएको छ र आउनु पर्दछ । देशको व्यवस्था, संम्रचना, नागरिकहरुको सोँच, विचार, कार्यशैली र चिन्तनमा नयाँ र फरकपन आएजस्तै नेपाली साहित्य र सिर्जनामा पनि पक्कै नयाँ र फरकपन आएको छ । नेपाली साहित्यको हिजोको अवस्थालाई हेर्ने हो भने साशक बर्गको हित हुने गरि हुनेखाने बर्गहरुको पक्षमा रहेर धेरै श्रष्ट्रा सर्जकहरुले साहित्य सिर्जना गरेको पाईन्छ किनकि तात्कालिन राज्य र राज्य सञ्चालन गने शासकहरुले त्यस्तै साहित्यलाई प्रोत्साहन र सम्मान गर्ने गर्दथे । त्यतिवेलाका गीत संगीतहरु व्यक्तिको गुनगानमा आधारित भएर सिर्जना गरिन्थ्यो । हिजोको साहित्य लेखन र सिर्जनामा क्रमिक रुपमा भिन्नता र परिवर्तनहरु देखिन थालेका छन । हिजोका दिनहरुमा लेखिने साहित्य सिर्जनाहरु विस्तारै परिवर्तित हुदै प्रगतिशिल हुदै गहिरहेका छन । राजा महाराजाहरुका मात्र गुनगान गाएर लेखिने साहित्यिक सिर्जनाहरु विस्थापित हुदैछन् । कसैलाई खुसी पारेर सम्मान, प्रतिस्था, मान पदवी र पुरुस्कार पाउने संस्कारको अन्त्य भएको छ । व्यवस्था परिवर्तन संगै यहाँका नागरिकहरुमा आएको परिवर्तन र चेतनाको विकासले दैवी, इश्वरीय र अदृश्य शक्तिको बढवा दिने सिर्जनाहरु कम लेखिदैछन् । कसैलाई रिझाउन, खुसी पार्न र चाकडी चाप्लुसी गर्न लेखिने साहित्य विस्तारै ओझेल पर्दैछन् । समाजप्रति वेवास्ता गरि खाली मनोरञ्जन, ऐस आरम, सुख–सयल, अश्लिलता र भोगविलासका लागि मात्र लेखिने साहित्य भन्दा माथी उठेर साहित्य लेखिदैछन । समग्रमा वर्तमान परिवेशमा न्याय, सत्य र यथार्थता खोजिदैछन् नेपाली साहित्य र सिर्जनामा ।
साहित्य र सिर्जनाहरु समाजको उत्पादन हो । त्यसैले त साहित्यमा सामाजिक धराताल र यथार्थसँगको साइनो खोजिन्छ । साहित्य, श्रष्ट्रा, सर्जक र सिर्जनाहरु समाजको अभिन्न अंगहरु मात्र होइनन् मार्गदर्शक पनि हुन । सभ्य, शिक्षित र अनुशाशित समाज निर्माणमा साहित्यले नजानिदो ढंगले अगुवाई र मार्गनिर्देशन गरिरहेको हुन्छ । साहित्यको अर्को सुन्दर पक्ष हुनेखाने बर्गले पनि हुदा खाने बर्गको पक्षमा सिर्जना गर्दछन् । आफु धनी भएर पनि सिर्जनाको माध्यमबाट गरिवको पक्षमा वकालत गर्दछन् । प्रेममा असफलता पाएकाहरुले पनि सफलताका सिर्जनाहरु कोर्दछन । यो नै साहित्यको सुन्दर साहित्यिक संस्कार हो । पछिल्लो समयमा व्यवस्था र केही संम्रचनागत परिवर्तन भएपनि समाजमा बिकृति, विसंगति, कुप्रथा, कुसंस्कार, अन्धविश्वास र कुरीतिहरु एकपछि अर्को गरेर मौलाउदै गहिरहेका छन । यसका असरहरु सवैतिर देखिन थालेका छन । हाम्रो समाजमा व्याप्त अन्धविश्वास, लैंगिक हिंसा, घरेलु हिंसा, यौनजन्य अपराध, बलात्कार, जातीय विभेद तथा छुवाछुत, दाइजो प्रथा, बालविवाह, बहुविवाह, छाउपडी प्रथा, बाल श्रमजस्ता सामाजिक विकृतिहरू कायमै छन । यि र यस्ताखाले विकृतिको प्रत्यक्ष असर हाम्रो जनसंख्याको ठूलो हिस्सामा परिरहेको छ । दिनप्रतिदिन बढ्दै गएको सामाजिक विकृतिले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत सबै क्षेत्रमा नकारात्मक असर गरेको छ । ठूलो संख्यामा युवाहरू सामाजिक विकृतिका सिकार बनेका छन् ।युवाहरुमा देखिएको लागुऔषध सेवनले खाली युवाहरुलाई मात्र असर गरेको छैन यसले सिंगो समाजलाई नराम्ररी प्रभावित पारेको छ । यसले युवाहरूको व्यक्तित्व र क्षमता विकास संगै राष्ट्रको सचेत नागरिक बन्नबाधक पुराएको छ । त्यसैले अव हाम्रा साहित्यिक सिर्जनाहरुमा समाज विकास, परिवर्तन र रुपान्तरणका सुत्रहरु सहितका सब्द र अक्षरहरु कोरिनु पर्दछ । युवाहरुलाई समाज विकासमा लाग्न प्रेरित गर्ने सिर्जनाहरु कोरिनु पर्दछ । नागरिकहरुलाई सधै उत्साहित र सत्यता र न्यायको पक्षमा उभिन प्रेरित गर्ने सिर्जनाहरु लेखिनु पर्दछ । नागरिकहरुको ओठमा मुस्कान र आँखामा खुसी भर्ने उत्प्रेरक रचनाहरु लेखिनु पर्दछ । निराशाले भरिका हाम्रा नागरिकहरुका अनुहारहरुमा चमकता थप्ने गीत संगीतहरु गुञ्जिनु पर्दछ । युवाहरुलाई समाज विकासको यात्रामा लाग्न उत्प्रेरणा पैदा गर्ने कविताहरु कोरिनु पर्दछ । रुदारुदै थाकेका आँखाहरु ओभाउने र कलेटी परेका ओठहरु मुस्कुराउने मुक्तकहरु लेखिनु पर्दछ । जीवनलाई प्रकृति जस्तै सुन्दर र लोभलाग्दो बनाउने गजलहरु कोरिनु पर्दछ ।हाईकु र ताङ्काका हरेक अक्षरहरुमा जीवन र जगतका बास्तविक अभिव्यक्तिहरु झल्किनु पर्दछ । कथा र निवन्धहरुमा प्रकृतिका सुन्दर छटाहरु पोखिनु पर्दछ ।
नयाँ नेपाल र समृद्ध नेपालको परिकल्पना पुरा गर्ने जिम्मेवारी हामी सम्पुर्ण साहित्यकर्मीहरुको पनि हो । विश्व मानचित्रमा हाम्रो देशलाई अग्र स्थानमा पु¥याउने र नागरिकहरुलाई सुखी र खुसी बनाउने अभिभारा पनि हाम्रो नै हो । साहित्यकर्मी आफैमा एक सचेत, सामाजिक, बैचारिक र समाज परिवर्तनको सम्वाहक भएकोले नागरिकहरुको सार्थक जीवन र समाजको अगुवाई गर्ने हाम्रो दायित्व हो । हुनसक्छ साहित्य र साहित्यकर्मीहरुको अगुवाई प्रत्यक्ष नदेखिन सक्छ तर बास्तविकता यहि हो कि साहित्य र साहित्यकर्मीहरुले न्याय र स्वतन्त्रता सहितको सभ्य, र समतामुलक समाज निर्माणको अदृश्य नेतृत्व र अगुवाई गरिरहेका हुन्छन् ।
समाज विकासको यात्रामा नेपाली साहित्यको पाइलाहरु जहिले पनि अग्र स्थानमा रहदै आएको छ र रहुन पर्दछ । समाजको हरेक क्षेत्रको विकास, समृद्धि, परिवर्तन र रुपान्तरणमा हाम्रा कलमी सिर्जनाहरु अझै ओझिलो र वजदार रहनु पर्दछ । समाज परिवर्तनका लागि लेखिने हाम्रा सिर्जनाहरु छलफल र बहषका बिषयहरु बन्नुपर्दछ । हामीले कोरेका साहित्यिक सिर्जनाहरु नीति निर्माण र कार्यन्वयन गर्ने निकायमा प्रस्तावको रुपमा प्रस्तावित बन्ने खालका हुनुपर्दछ । जसरी विकसित र शिक्षित राष्ट्रहरुमा एउटा लेखकले लेखेको बिचार, एउटा कविले लेखेको कविता त्यस राष्ट्रको मन्त्रिपरिषदमा छलफलको विषय बन्दछ त्यसरी नै हामीले पनि यस्तो साहित्यिक सिर्जना गरौ कि हाम्रा साहित्यिक सिर्जनाहरुले मन्त्रिपरिषदको ध्यानाकर्षित गर्न सकोस । हाम्रा साहित्यिक रचना र सिर्जनाहरुले मन्त्रिपरिषदको बैठकको ऐजेन्डा पाओस । रानीमौरीको वरीपरि असंख्य मौरीहरु झुमिएझै हाम्रा सिर्जनाहरु सिंगो समाज झुम्मिन सकोस । भाषागत शुद्धता कलात्मक शैली विधागत स्पष्टताले साहित्यको महिमा र गरिमा अरु बढि चुलिन्छ साथै लेखक, कवि, सर्जक, श्रष्ट्राहरुको सिर्जनाले समाजको यथार्थता र जिवनको सार्थकता निष्पक्ष वकालत गर्न सके सिङ्गो साहित्यको स्तरोन्नति र लोकप्रियता अझ बढी बढ्ने गर्दछ । साहित्यको मनोरम फूलवारीमा राष्ट्रियताको मखमली फुल्नुपर्दछ । सिर्जनाका फाँटहरुमा अर्थपुर्ण जीवनको बालाहरु झुल्नुपर्दछ । भावनाका छालहरुमा परिवर्तनका रङ्गहरु मिसिनु पर्दछ । कलमहरुमा सत्य, न्याय र यथार्थताका मसि भर्दैश्रष्टा«हरुको लेखनीमा समृद्धिको मसी पोखिनु पर्दछ । प्रतिभाहरु कला, सौन्दर्य र विचारले दिक्षित हुनपर्दछ । हाम्रा साहित्य र सिर्जनाहरुले अग्रगमन र अग्रगामी शन्देश प्रवाह गर्नुपर्दछ । हाम्रा सिर्जनाहरुले जीवन भित्रको सार्थकताको खोजी गर्न सिकाउनु पर्दछ ।