आगलागीबाट घाइते भएका बारेङ–३ का वडा अध्यक्ष खनालको निधन

बागलुङ, १७ बैशाख ।
आगलागीमा परी गम्भीर घाइते बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ ।
खनालको किर्तिपुरको फायर अस्पतालमा उपचारकै क्रममा रहेका बेला हृदयघात भइ निधन भएको पारिवारिक श्रोतले जनाएको छ । आगोको घाउ निको नहुँदै खनालको हृदयघातले मृत्यु भयो ।
गत बैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका ४ स्थित शान्तिपुर बजारमा रहेको आफ्नै घरमा आगलागी हुँदा उहाँका कान्छा छोरा समिर खनालको घटनास्थलमै मृत्यु भएको थियो ।
वडा अध्यक्ष खनाल र उनकी श्रीमती रुपा खनाल गम्भीर घाइते भएका थिए । घाइते भएलगत्तै खनाल दम्पतीलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।
वडा अध्यक्ष खनाल बरेङ गाउँपालिकाका– ३ बाटाकाचौरका स्थायी वासिन्दा भए पनि मुख्य व्यापार व्यवसाय भने छिमेकी गुल्मी जिल्लाको शान्तिपुरमा लामो समयदेखि सञ्चालन गर्दै आएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here