
खबरवे अनलाईन
बागलुङ, १६ फागुन ।
‘जन्मेपछि त मर्नु निश्चित छ । समयको यो प्रहार नत रोकेर रोकिन्छ, नत छेकेर छेकिन्छ नै । मृत्युमा कसैको नियन्त्रण नभए पनि मृत्यु पश्चात सहभागी हुने मलामीको सख्या भने हामी बाचुञ्जेल गर्ने कर्ममा निहित छ ।’
मृत्युको लागि तयारी अर्थात पूण्यका काम गर्नु नै अन्तिम सत्य हो । ब्रह्माकुमारी विश्वरीय विश्वविद्यालय बागलुङमा संचालन भैरहेको अभिप्रेरक कार्यक्रममा ब्रह्माकुमार रमन भट्टराईले यसरी सत्यकर्म, मन बचन र सकरात्मक कर्मले मात्र सबैको प्रिय र सम्झना लायक र अमर रहने प्रशस्त उदाहरण दिई रहेका छन् ।
‘मान्छेको कर्मले नै भौतिक देह समाप्त भए पनि अमर रहने’ ब्रह्माकुमार भट्टराईको भनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु पश्चात सामाजिक संजालमा भरिभराउ ‘शोक स्टाटस’ प्रष्ट पारेको छ ।
बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना परी मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । घटना लगतैसंजाल, फेशकुब, ट्वीटर, इन्टाग्राम लगायतका सामाजिक संजालमा मन्त्री अधिकारी आाबद्ध पार्टी, फरक आस्थार विचार राख्ने पार्टीको नेता, कार्यकर्ता र शुभचित्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक संजालमा बुधबारदेखि स्वर्गीय मन्त्री अधिकारीको उपस्थिती सहितका फोटो राखेर श्रद्धाञ्जली दिनेहरुको संख्या अत्याधिक रहेको छ । केही शुभचिन्तकहरुले मन्त्री अधिकारी सहितको फोटो पोष्ट गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन भने कसैले उनले गरेका उत्कृष्ट कामलाई सम्झदै श्रद्धाञ्जली प्रदान गरेका छन् ।
विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिको मुलधारमा पकट जमाउन सफल स्वर्गीय मन्त्री अधिकारीको निधन पश्चात अनेरास्ववियु बागलुङका अध्यक्ष शेखर खडका झलकले आफ्नो फेसबुक वालमा लेखका छन् ।
शेखर ‘झलक’
‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ,
देशभक्त छोरो मर्दा दशै रुदो रैछ ।
मन्त्री अधिकारीले आफ्नो छोटो अवधिमा गरेका उत्कृष्ट कार्यले उनलाई चिरस्थायी बनाउने अभिव्यक्ति सहित सामाजिक संजाल फेसबुकमा लोकबहादुर भण्डारी क्षेत्रीले लेखेका छ ।
लोकबहादुर भण्डारी क्षत्रीः
गौतम बुद्ध विमानस्थलबाट जहाजले पंख घुमाउँदा
नेपालमा करौडौ पर्यटन रमाउँदा ।
तिमीलाई सम्झिने छौँ रविन्द्र ।
पोखरामा थाई एयरको वायुसँगै
टिआइएको नयाँ रन बे को आयुसँगै
तिमीलाई सम्झिने छौँ रविन्द्र ।
आशा लाग्दा मन्त्री अधिकारीको निधनले युवा पुस्तामा चरम निरासा छाएको छ । युवाको माझ केही गर्न सक्ने, आँट र साह भएका नेताको पहिचान बनाएका अधिकारी ताप्लेजुङबाट अस्ताए पछि पत्रकार महोराज शर्माले आफ्नो सामाजिक संजालमा लेखेका छन् ।
मोहराज शर्माः
जीवन यति क्षणभंगुर छ कि कोहि कसैले कल्पनै गर्न सकिदैन । चल्दा चल्दैको जीवनरथ कहाँ कुन वहानामा रोकिन्छ पत्तै हुदैन । मनले पत्याउन नमान्दा नमान्दै विस्मातको घडी सामना गर्नुपरिरहेको छ देशले । अस्तायो एउटा आशाको जुन अनि विलाए कैयन ताराहरु देश र दुनियाको मन अध्याँरो पारेर ।। दिवंगत आत्माप्रती हार्दिक श्रद्धा सुमन ।।
बुधबारदेखि सामाजिक संजाल शोकमा ढुवेको छ । श्रद्धाञ्जली र मृतक अधिकारीको फोटोले सामाजिक संजाल भरिभराउन भएका छन् ।










