अमर माविले जित्यो साँतौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

बागलुङ, २३ मंसिर । काठेखोला गाउँपालिका स्तरिय सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि अमर माध्यमिक विद्यालयले जितेको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा काठेखोला गाउँपालिका–५ बिहुँको अमर माविले १६ स्वर्ण र ७ रजत पदकसहित २३ पदक जित्दै शिल्ड हात पारेको हो । प्रतियोगितामा काठेखोला–५ बिहुँकै लालिगुराँस बोर्डिङ स्कुलले ११ पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ । लालिगुराँसले ८ स्वर्ण र ३ रजत पदक प्राप्त गर्यो ।

काठेखोला गाउँपालिका–६ बिहुँको भीमसेन माध्यामिक विद्यालयले ५ स्वर्ण र ५ रजतसहित १० पदक जित्दै तेस्रो स्थान प्राप्त गर्यो ।

प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय तंग्रामले ४ स्वर्ण, ४ रजत सहित ८ पदक जित्दै चौथो, लेखानी माध्यमिक विद्यालय लेखानीले ३ स्वर्ण र ३ रजत सहित ६ पदक जित्दै पाचौं, जनकल्याण माध्यमिक विद्यालय भीमापोखराले ३ स्वर्ण सहित छैठौं र लक्ष्मी माध्यमिक विद्यालय २ स्वर्ण र १ रजतसहित ३ पदक जित्दै साँतौं स्थान कायम गरे ।

यस्तै जनता माध्यमिक विद्यालय धम्जाले १ स्वर्ण र १० रजतसहित ११ पदक, धारा माध्यमिक विद्यालय तंग्रामले १ स्वर्ण र ३ रजतसहित ४ पदक, धिमी करिना माध्यमिक विद्यालय पालाले १ स्वर्ण र २ रजतसहित ३ पदक र रेश नुनथला माध्यमिक विद्यालय रेशले ३ रजत पदक जिते ।

प्रतियोगिताका विजेता खेलाडी र विद्यालयलाई काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, काठेखोला गाउँपालिका–४ का वडाअध्यक्ष लक्ष्मण पुन र वडा नम्बर ५ का वडाअध्यक्ष ज्ञामनाथ कंडेल, गाउँपालिकाका प्रवक्ता तथा कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम विकले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।