काठेखोलाका दलित समुदायलाई आयआर्जनका सामाग्री वितरण

बागलुङ, ७ चैत्र । बागलुङको काठेखोला गाउँपालिकाका दलित समुदायको आयआर्जनका लागि बाख्रा, कुखुरा तथा सामाग्री वितरण गरिएको छ ।

काठेखोला गाउँपालिकाको आयोजना र स्थानीय दलित समन्वय समितिको संयोजन तथा यवस्थापनमा गाउँपालिका भित्रका ८२ जनालाई बाख्रा, कुखुरा, टनेल, सिलाई मेसिन, वयलडिङ मेसिन, चेन्सो मेसिन, राउटर लगायतका सामाग्री वितरण गरिएको हो ।

गाउँपालिकाले आ.व.२०८०/०८१ को दलित लक्षित कार्यक्रमको आय आर्जन तथा स्वरोजगार कार्यक्रम अन्तगरत प्रति व्यक्ति १ वटाको दरले ३० जनालाई ३० वटा बाख्रा, १० जनालाई जस्तापाता, १५ जनालाई कुखुरा, १० जनालाई टनेल, २ जनालाई राउटर र परम्परागत पेशा सुधारका अन्तरगत ६ जनालाई सिलाई मेनिन, ४ जनालाई वयलडिङ मेसिन, १ जनालाई इन्टरलक मेसिन, ३ जनालाई फलाम काट्ने, पंखा, सान लगाउने मेसिन र १ जनालाई ड्रिल मेसिन वितरण गरिएको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताउनुभयो ।

सामाग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजु थापाले दलित समुदायलाई आर्थिक रुपमा शसक्तिकरण गर्दै राज्य र विकासको मुल प्रवाहमा समाहित गर्न स्वरोजगार तथा परम्परागत पेशा सुधारका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी बर्ष काठेखोला गाउँपालिकाका दलित समुदायका सवै घरपरिवारलाई स्वास्थ्य विमा समेत गरिने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा (तिलक), प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, गाउँपालिकाका वडा नम्बर १ पालाका वडा अध्यक्ष खडक थापा, वडा नम्बर ३ धम्जाका वडा अध्यक्ष कुल बहादुर वि.क., प्रवक्ता टिका संगम वि.क., स्थानीय दलित समन्वय समितिका सदस्य गोरे बहादुर वि.क. लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्थानीय दलित समन्वय समितिका संयोजक पूर्णमाया सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यपालिका सदस्य सुन्तली वि.क.को स्वागत र समितिका सदस्य सचिव तथा महिला तथा बालबालिका शाखाका प्रमुख रश्मी गौतमले संचालन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here