धौलागिरी लघुवित्त वित्तीय संस्था लि. को पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बागलुङ, ०२ चैत । धौलागिरी लघुवित्त वित्तीय संस्था लि को पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस वित्तीय संस्थाको संचालक श्री हरिप्रसाद शर्माको अध्यक्षतामा बागलुङ जिल्लाको बागलुङ न.पा. ०४, उपल्लाचौरमा अवस्थित धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभााहलमा विहिवार कुल शेयर धनिको ६६।३९ प्रतिशत सेयरधनी उपस्थितिमा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको होे । २०८० चैत्र १ गते बिहान ११ बजेबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव मिन प्रसाद जोशीले गर्नुभएको थियो ।

सभाध्यक्ष हरि प्रसाद शर्माले पानसमा बत्ती बालेर वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्नु भएको थियो भने स‌ञ्चालक हरिप्रसाद शर्माद्धारा प्रस्तुत आ.व।२०७९।०८० को वार्षिक प्रतिबेदन वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित भएको छ । त्यस्तैगरि मर्जर प्राप्ति कार्य गर्नको लागी नँया सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

कार्यक्रममा यस वित्तीय संस्थाका सञ्चालक समितिका सदस्य सिर्जना थापाले उपस्थित सम्पुर्ण शेयरधनीज्यूहरुलाई स्वागत मन्तव्य राख्दै स्वागत गर्नु भएको थियो । त्यसैगरि कार्यक्रममा संस्थाका पूर्व सञ्चालक तथा संस्थापक श्री कृष्ण राज शर्मा र सर्वसाधारण तर्फका सेयरधनी श्री गणेश पौडेल ले संस्था, सेयर, कर्मचारी तथा सदस्यहरुको सुरक्षा प्रति चासो तथा चिन्ता सहित साधारण सभा तथा निर्वाचित हुन लागेको नयाँ सञ्चालक समितीलाई उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको थियो । त्यसै गरि मन्तव्यका क्रममा तथा फ्लोरबाट उठेका सुझावको उचित कदर गर्ने वाचा सहित गुनासा, जिज्ञासा तथा चासोँहरुका बारेमा हालको अवस्था संस्थाको भावी रणनिती तथ देश विदेशको हालको अवस्थाका बारेमा सभाध्यक्ष हरि प्रसाद शर्मा, सञ्चालक सुमन प्रसाद श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम ले प्रस्ट पार्नुभएको थियो । साथै संस्थाले वर्तमान समयमा देखिएको चुनौतिहरुका कारण केहि असहज वातावरण सृजना भएता पनि आगामी दिनहरुमा संस्थाको सञ्चालक समिति तथा व्यवस्थापन समुह तथा उद्यमशीलता विकास, सिपमुलक तालिम जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै संस्थाको कार्यक्रमलाई अझ बलियो वनाउने विश्वास व्यक्त गरेका थिए ।

पाँचौँ वार्षिक साधारण सभाले ६ जना नँया सञ्चालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक समूह बाट सुमन प्रसाद श्रेष्ठ, सिर्जना थापा, जिवन आचार्य र शालिक राम शर्मा सहित ४ जना र सर्वसाधारण समूहबाट २ जना गणेश पौडेल र चेत नारायण भण्डारी रहेका छन । नेपाल राष्ट्र बैकको नियम अनुसार साधारण सभाबाट ६ जना र विज्ञ बाट १ जना सञ्चालक हुनुपर्ने व्यवस्था वमोजिम अब १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्न बाँकि रहेको छ ।

कार्यक्रमको समापनमा बोल्दै संस्थाका सञ्चालक हरिप्रसाद शर्माले नव निर्वाचित सञ्चालक समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । वर्तमान अवस्थामा देखिएको समस्याको समाधानका निमित्त सम्पुर्ण सरोकारवाला निकाय, सेयरधनी, व्यवस्थापन तथा कर्मचारीहरुलाई आ(आफ्नो स्थानमा जिम्मेवार बन्न अनुरोध गर्दै पाँचौँ वार्षिक साधारणसभा सभ्य तथा भव्यताका साथ सफल भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here