विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण

बागलुङ, २५ पुष । सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले बागलुङको सिगाना माविमा अध्यन गर्ने बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

क्लवले प्रत्येक बर्ष संचालन गर्ने जाडोमा न्यानो कार्यक्रम अन्तरगत यस बर्ष बागलुङको सिगाना माविमा अध्यन गर्ने ३१ जना बिद्यार्थीलाई करिव ६० हजार बरावरको ट्र¥याक सेट, टिसर्ट, जुक्ता, मोजा र स्टेशनरी समान पनि बितरण गरिएको हो ।

देश बिदेशमा रहेर क्लवलाई माया गर्ने व्यक्तिहरुको सहयोगमा न्यानो कपडा बितरणका साथै सापकोटा स्टेशनरीका प्रोपाइटर तथा क्लवका कोषाध्यक्ष किशोर सापकोटाको ७ हजार बरावरको सहयोगमा स्टेशनरी सामाग्री बितरण गरिएको क्लवलका सचिव तारा केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बागलुङका अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेले क्लवले समाज रुपान्तरण र परिवर्तनका लागि बिभिन्न खालका कार्यक्रम गर्दै आएको र जाडोको मौषममा बिद्यार्थीहरुको सहजताका लागि न्यानो कपडा बितरण गर्नु आफैमा महत्पूर्ण बिषय भएको बताउनुभयो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लक्ष्मण खड्का, पूर्व वडा अध्यक्ष जितबहादु जिसी राजन लगाएतले क्वले गरेका कार्य प्रसंशायोग्य रहेकाले आगामि दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्लवका अध्यक्ष सुस्मिता केसीको अध्यक्षता, सचिव तारा केसीको स्वागत र सहसचिव सन्तोष बोहोराको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here