युनियन बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

बागलुङ, ९ पुस । बागलुङमा रहेको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिका–७ का वडाअध्यक्ष तथा संस्थाका पूर्वअध्यक्ष मेघनाथ गैरेले सहकारी क्षेत्र एक पछि अर्को धरासायी बन्दै गइरहेको हुँदा मजबुत बनाउन सवै शेयर सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले लगानी गरेको ऋण र व्याज समयमै उठान नसकेसम्म सहकारीमा बचत जम्मा गरेका बचतकर्ताले रकम फिर्ता नपाउने हुँदा यसतर्फ सवै सजग रहनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर र पत्रकार राजेशचन्द्र राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा सहकारीका सहसचिव अस्मिता गौतमले प्रगति प्रतिवेदन, कोषाध्यक्ष खगराज शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

१९७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी १ करोड २६ लाख ५७ हजार ६ सय रूपैयाँ, कर्जा लगानी १ करोड ६८ लाख ६ हजार ७ सय ७० रूपैयाँ रहेको कोषाध्यक्ष खगराज शर्माले जानकारी दिनुभयो । उहाँले गतआर्थिक वर्ष २०७९÷०८० मा सहकारीले कुल आम्दानी २९ लाख ३८ हजार ६ सय ३ रूपैयाँ र कुल खर्च २१ लाख ४२ हजार १५ रूपैयाँ गरी खुद नाफा ७ लाख ५६ हजार ७ सय ५९ रूपैयाँ गरेको साधारणसभामा जानकारी गराउनुभएको थियो ।

सहकारीका अध्यक्ष अगम कुमार पालिखेको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष मंगल सुवेदी र सहसचिव अस्मिता गौतमले संचालन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here