
काठमाडौं, १२ मंसिर ।नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ। मंगलबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १६ हजार ४ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार १ हजार ५ सय रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
