उपभोक्ता हित संरक्षण समिति र डिलर एशोसियसन विच ६ बुँदे निर्णय

बागलुङ, १९ असोज । बागलुङ बजारलाई चुस्तदुरुस्त र बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि बागलुङका डिलर व्यवसायी र सरोकारवालाहरुले ६ बुँदे निर्णय गरेका छन् ।

चाडपर्व नजिकिदै गएको अवस्था र बजारलाई चुस्तदुरुस्त, सुरक्षित र मर्यादित बनाउनको लागि शुक्रबार भएको बागलुङ नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र डिलर एशोसियसन विचको छलफलले ६ बुँदे निर्णय गरेको समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

नगर उपप्रमुख खड्काले डिलरसिप तथा होलसेलर व्यवसायीहरुले उपभोग्य अवधी कम रहेका कुनैपनि खाद्य सामाग्रीहरू बागलुङमा नभित्र्याउने र खुद्रा विक्रेताहरुलाई सप्लाई नगर्ने, डिलरसिप तथा हालेसेलर व्यवसायीहरुले बजारमा म्याद सकिएका खाद्य सामाग्रीहरु भए नभएको नियमित हेरि त्यस्ता सामानहरू समय–समयमा उठाउने व्यवस्था गर्ने, विना बिल कुनै पनि सामानहरु खरि विक्री नगर्ने र डिलरसिप तथा होलसेलर व्यवसायीले आफुले सप्लाई खुद्रा विक्रेताहरुको सुची तयार गरि राख्ने निर्णय भएको बताए ।

उनले म्याद सकिएका सामानहरू कम्पनीले फिर्ता गर्ने भएको हुँदा समय–समयमा म्याद सकिएका मालसामान फिर्ता पठाइदिनु भन्ने जस्ता सुचनामुलक सचेतिकरण गर्ने, बागलुङमा भित्रीने सबै सामानहरुको उत्पादक कम्पनीहरुमा नाम ठेगाना सहितको विवरण डिलर एसोसियसनले बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय बागलुङमा उपलब्ध गराउने र खाद्य सामाग्रीहरु उत्पादकहरुको उत्पादनमा उत्पादन मिती म्याद सकिने मिति र उपभोग्य अवधी स्पष्ट रूपमा लिखिएको लबल लगाउन सम्बन्धि उत्पादन कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले बागलुङ बजारको अनुगमनलाई तीव्रता समेत दिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर बजार अनुगमनलाई तीव्र दिएको उपप्रमुख खड्काले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here