जैमिनी नगरपालिकाद्वारा सूचना प्रकाशनमा १३ लाख खर्च

बागलुङ, ३ भदौ । बागलुङको जैमिनी नगरपालिकाले सूचना प्रकाशनमा १३ लाख रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा सूचना प्रकाशन तथा प्रशारण गरेको भन्दै विभिन्न संचार माध्यमलाई १३ लाख ११ हजार ८ सय ६२ रुपैयाँ भुक्तानी गरेको छ । नगरपालिकाका सूचना अधिकारी खेम प्रसाद आचार्यका अनुसार नगरपालिकाले ३४ वटा मिडिया हाउसलाई उक्त रकम भुक्तानी गरेको हो ।

नगरपालिकाले बोलपत्र सम्बन्धी सूचना प्रकाशन, सचेतनामुलक सामाग्री प्रकाशन, शुभकामना तथा भित्तो पात्रो छपाई, बजेट छपाई, पत्रिका छपाई, ठेक्का सूचना प्रकाशन र शुभकामना तथा सूचना प्रकाशनको नाममा रकम भुक्तानी गरेको छ । नगरपालिकाले एउटै संस्था (कम्पनी)लाई २ लाख रुपैयाँसम्म रकम भुक्तानी गरेको पाइएको छ ।

नगरपालिकाका सूचना अधिकारी आचार्यका अनुसार सवैभन्दा धेरै कञ्चन प्रिन्टर्सले बजेट छपाई बापत २ लाख ९२ हजार ८९६ रुपैयाँ, बोलपत्र सम्बन्धी सूचना प्रकाशन बापत पञ्चासे मिडिया हाउसले १ लाख ८१ हजार ३६५ रुपैयाँ, लेखन मिडियाले १ लाख ६९ हजार ४ सय रुपैयाँ र जिवन्त मिडियाले १ लाख ५३ हजार ३० रुपैयाँ भुक्तानी लिएका छन् । यस्तै ठेक्का सूचना प्रकाशन वापत रीड मिडिया प्रा.लि.ले ३५ हजार ४३६ रुपैयाँ, ठेक्का बोलपत्र प्रकाशनमा हाम्रो एडभरटाईजिङले ५१ हजार ४८५ रुपैयाँ र गुड इन्प्रेशन मिडियाले ५२ हजार रुपैयाँ भुक्तानी लिएका छन् ।

नगरपालिबाट सूचना प्रकाशन वापत ढोरपाटन सञ्चार प्रा.लि.ले ८८ हजार, धौलागिरी एफएम प्रा.लि.ले ३५ हजार ४३६ रुपैयाँ, बागलुङ पोष्टले ३० हजार, स्टार एडभरटाईजिङले ३० हजार, हाँक साप्ताहिकले १३ हजार रुपैयाँ, दलित सन्देश साप्ताहिकले १२ हजार रुपैयाँ, रेडियो नेपाल पोखराले ११ हजार ३ सय रुपैयाँ, नागरिक सञ्चार प्रा.लि.ले १० हजार रुपैयाँ, सूचनाकोहक मिडियाले १० हजार रुपैयाँ र एम वि मिडिया प्रा.लि.ले १० हजार रुपैयाँ भुक्तानी लिएको सूचना अधिकारी आचार्यले बताए ।

यस्तै नगरपालिकाले शुभकामना तथा भित्तेपातो छपाईको लागि समेत बजेट भुक्तानी गरेको छ । नगरपालिकाले भित्तेपात्रे छपाईको लागि कर्मचारीयुनियन बागलुङलाई १० हजार रुपैयाँ दिएको छ । नगरपालिकाले जनचेतनामुलक सूचना प्रकाशनको लागि सुभेक्षा एफएमलाई ३९ हजार रुपैयाँ र छट्के मिडियालाई ११ हजार ३ सय रुपैयाँ भुक्तानी दिएको जनाएको छ ।

हेर्नुहोस् कुन मिडिया हाउसले कति लिए भुक्तानी (विवरण सहित)

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here