काठमाडौं, २१ असार। स् संघीय सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ । विभागले आज ९बिहीबार० सहकारी संघरसंस्थाका लागि पाँच बुँदे नयाँ निर्देशन जारी गरेको हो ।
विभागले सहकारी क्षेत्रको पूर्नःउत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड ९ज० र दफा ९५९५० एवं सहकारी नियमावली, २०७५ को नियम ७२ ९३० र नियम ७६ ९१० ९झ० बमोजिम विभागले निर्देशन जारी गरेको हो ।
निर्देशनमा के छ
१। सहकारी संघरसंस्थाले आफ्ना सदस्यहरूसंग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुने ।
२। वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघरसंस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउने ।
३। ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आ।व। मा खराव ऋणीको सूचीमा नपरेका तथा गत आ।व। मा कर्जा पूर्नतालिकीकरणको सुबिधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पूर्नतालिकीकरणको व्यवस्था गर्न सकिने ।
४। कृषि उत्पादन तथा सेवासंग जोडिएका सहकारी संघरसंस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको वजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायिकरण गर्न प्रेरित गर्ने ।
५। यस आ।व। २०७९र८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आ।व। को आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने ।