आर्थिक वर्ष २०८०/८१ को कुल बजेट: १७ खर्ब ५१ अर्ब

बागलुङ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड स्रोत व्यवस्थापन गर्ने उनले बताए ।

यस्तै ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुने स्रोतमध्ये वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब स्रोत परिचालन गर्ने उनले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here