ढोरपाटनमा १२ नाउर र छ झारलको शिकार

बागलुङ, ३१ बैशाख । ढोरपाटन शिकार आरक्षमा यस आर्थिक वर्षको दोस्रो याममा १२ नाउर र छ झारलको शिकार भएको छ ।

ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो शिकार यामको लागि १२ नाउर र नौं वटा झारलको कोटा निर्धारण गरेको थियो । तर, दोस्रो याममा कोटाभन्दा तीन वन्यजन्तुको कम शिकार भएको छ । हिमालयन सफारिज प्रा.लि.बाट आएका तीन विदेशी शिकारीले यस पटक निर्धारित कोटा भन्दा तीन वटा झारलको शिकार गर्न नसकेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत कंडेलले दोस्रो याममा नेपाल वाईल्ड लाईफ एडभेन्चर आउटफिटरस मार्फत अमेरीकी नागरिक स्टेफेन मार्क भानले फागुने ब्लकमा एक नाउर र एक झारलको शिकार गरेको जानकारी दिनुभयो । यस्तै हिमालयन वाईल्डलाईफ आउटफिटर्समार्फत अमेरिकी नागरिक चार्ल्स हेरोल्ड वेकलले बार्से ब्लकमा एक नाउर, ट्राक्स ऐन ट्रेल्स प्रा.लि.मार्फत क्यानेडियन नागरिक ब्राएन एडम हुकले घुस्तुङ्गमा एक नाउर र एक झारल, ग्लोबल सफारिज मार्फत हंगेरियन नागरिक मिस्टर जेसोल्ट डेनिस कुटसले घुस्तुङ्ग ब्लबमा एक नाउर र एक झारल र फ्रोन्सेली नागरिक म्रलक्स फ्रान्कोल्स मार्सेल पिरर सिग्नोलसले सुनदह ब्लकमा एक नाउर र एक झारलको शिकार गरेका प्रमुख संरक्षण अधिकृत कंडेलले बताउनुभयो ।

सुनदह ब्लकमा ओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. मार्फत पोर्चुगलका शिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएलले एक नाउरको शिकार गरेका छन् । दोगाडी ब्लकमा नेपाल ट्राभल एकपेडिसन प्रा.लि. मार्फत पोल्याडका नागरिक बार्टोसिक क्लाउडियसले एक नाउर र रसियन नागरिक सामसोनभ कोनस्टान्टीनले एक नाउर र गुस्तुङ ब्लकमा एक झारलको शिकार गरेका छन्भने स्पेनिस नागरिक मेरिनो जिमेनेज जोसेले बार्से ब्लकमा एक नाउर र गुस्तुङ ब्लकमा एक झारलको शिकार गरेको प्रमुख संरक्षण अधिकृत कंडेलले बताउनुभयो ।

हिमालयन सफारिस प्रा.लि. मार्फत तीन जना अमेरिकन नागरिकहरु राइट जेआर, ब्रान्डन वेड गार्डनर र स्टीओहेन रोल्याण्ड मिल्सले दोगाडी ब्लकमा दुई नाउर र सेङ ब्लकमा एक नाउरको शिकार गरेको प्रमुख संरक्षण अधिकृत कंडेलले बताउनुभयो । उनीहरुले सेङ, सुनदह र गुस्तुङ ब्लकमा एक–एक गरी तीन झारलको शिकार गर्न नसकेको अधिकृत कंडेलले बताउनुभयो । विभागले फागुन महिना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट शिलबन्दी दरभाउपत्र आव्हान गरी बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनी मार्फत आठ देशका पेशेवर विदेशी शिकारीहरुले यस वर्षको दोस्रो याम (फागुन–बैशाख)मा शिकार गरेका थिए ।

यस पटक शिकारीहरुले एउटा नाउरको ५ लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि ३ लाख १० हजार रुपैयाँसम्म राजश्व तिरेको अधिकृत कंडेलले बताउनुभयो । अघिल्लो (पहिलो) याम (असोज–मङ्सिर) मा एउटा नाउरको २० लाख पाँच हजार र झारलको ६ लाख रुपैयाँ राजश्व बुझाइएको थियो । शिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको शिकार कोटा निर्धारण गरिएपनि सात नाउर र पाँच झारलको मात्र शिकार भएको थियो । पहिलो याममा सात नाउर र पाँच झारलको शिकार भएको थियो । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिंङको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ ।

आरक्षणमा बर्सेनी असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक शिकार खुल्छ । पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्ने गर्छन् ।

विभागले गराउने अन्र्तराष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यवसायिक सिकारीलाई नेपाल भित्र्याउँछन् । शिकार पर्यटनबाट प्रतिवर्ष करोडाँै रुपियाँ राजश्व ढुकुटीमा जम्मा हुन्छ । शिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने हो ।आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here