सांसद चित्र बहादुर केसीको चुनावी खर्च १८ लाख

बागलुङ, ११ बैशाख । सांसद चित्र बहादुर केसीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त लोकतान्त्रीक बाम गठबन्धनबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले निर्वाचनमा गरेको खर्च विवरण आईतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । निर्वाचनमा केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च गरेको केसीका निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।

केसीले मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, प्रचारप्रसार सामाग्रीमा २ लाख १० हजार, सामाग्री ढुवानीमा २० हजार रुपैयाँ खर्च भएको केसीका निर्वाचन प्रतिनिधि सुवेदीले जानकारी दिए । यस्तै कार्यालय संचालनमा २ लाख, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार, विद्युतीय तथा छापा (प्रचारप्रसार) ४० हजार, सामाजिक सञ्जाल १० हजार र विविध खर्च १ लाख ३४ हजार रुपैयाँ देखाईको छ ।

निर्वाचन प्रतिनिधि सुवेदीले निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन निर्देशिका २०७९ को दफा ८० को उपदफा २ र ३ तथा निर्वाचन आयोगद्वारा स्विकृत निर्वाचन आचार संहिता बमोजिम केसीको निर्वाचन खर्च विवरण निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको बताए । उनले निर्वाचन आयोगले बैशाख १२ गतेसम्म निर्वाचन खर्च विवरण पत्रकार सम्मेलन वा स्थानीय तहका कार्यालयमा सार्वजनिक गरिनुपर्ने जनाएकोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको बताए ।

निर्वाचन प्रतिनिधि सुवेदीले पार्टी कमिटी र विदेश र स्वदेशमा रहेका पार्टीका कार्यकर्ताहरुबाट सहयोग संकलन र केसीको परिवारको सहयोगबाट केसीको निर्वाचन खर्च व्यवस्थापन गरिएको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here