साझा चौतारी यूवा उद्यमशिल सहकारीको कारोवार २ करोड

तिल कुमारी के.सी
बागलुङ, २४ पौष । साझा चौतारी यूवा उद्यमशिल सहकारी संस्था लि. बागलुङले २ करोड बढीको कारोवार गरेको छ ।

सहकारीको शनिवार सम्पन्न चौथो वार्षिक साधारण सभामा संस्थाका सदस्य शिवा ढुङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ७८ लाख ५३ हजार रुपैयाँको कारोवार गरेको जानकारी दिनुभयो ।

साधारण सभाको उद्घाटन पछि बोल्दै संस्थाका जेष्ठ सदस्य डम्बर बहादुर हमालले उद्यमी युवाहरुलाई प्रोत्साहित गर्न र उद्यम वृद्धिका लागी सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार लखन थापा र कानुनी सल्लाहकार राम बहादुर के.सीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष मनोज थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको संचालन सहसचिव जिवन शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष राजु प्रसाद शर्माले व्यक्त गर्नुभएको थियो ।

यस्तै संस्थाको चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले पुनः मनोज थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिती सर्वसम्मत रुपमा चयन गरेको छ । संस्थाको खुल्ला उपाध्यक्षमा राजु प्रसाद शर्मा, महिला उपाध्यक्षमा रितु श्रेष्ठ, सचिवमा जिवन शर्मा, सहसचिवमा अशोक बराइली र कोषाध्यक्षमा राजेश के.सी निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा राजेश भारी, भवानी शंकर आचार्य, खिमा खत्री, खिमानन्द कंडेल र शिव प्रसाद ढुङ्गाना शर्मा चयन हुनुभएको छ ।

यस्तै किरण आचार्यको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिती चयन गरिएको छ । सदस्यहरुमा दिपक सापकोटा र लक्ष्मी जि.सी खड्का रहनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here