साझेदारी बहुउद्देश्यीय सहकारीको कारोबार ७० करोड

बागलुङ, २४ पौष । बागलुङ सदरमुकाममा रहेको साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाले चालु आर्थिक बर्षमा १ अर्व ५ करोड बरावरको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको छ । शनिबार संस्थाको १५औं बार्षिक साधारण सभामा उक्त कुरा सार्वजनिक गरिएको हो ।

संस्थाले गत आव मा ७० करोड रुपैया बरावरको कारोबार गरेको छ ।

साधारण सभाको उद्घाटन गर्दै संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले सहकारी शेयर पुँजीमा सिमित लाभांश वितरण गर्न मात्र नभई शेयर सदस्यको सुख दुःखको सारथी पनि भएको बताए । उनले सहकारीले शेयर सदस्यहरुलाई बचत गर्न पनि प्रोत्साहन गर्नुपर्ने बताए । पौडेलले सहकारीले उत्पादनशिल र सिपमुलक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने आवश्यक रहेको बताए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख एवं संस्थाका शेयर सदस्य हरिहर शर्माले सहकारी मार्फत प्रत्यक शेयर सदस्यको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थाको सल्लाहकार राजेन्द्र आचार्य, केवी राना मगर, पोटकुमारी जिसी रुद्रप्रसाद शर्मा, शेयर सदस्य दिपक कंडेल, धुव्रराज गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुवास, शेयर सदस्य मनोज सापकोटा, उमेश गौतम, संचालक समिति सदस्य प्रमिला शर्मा आचार्य, महिला परिचालन उपसमिति संयोजक लक्ष्मी शर्मा लगायतले बोलेका थिए ।

सहकारीले भौगोलिक रुपमा छरिएर रहेका आफ्ना सदस्यहरलाई अधिकतम समावेश गर्ने उदेश्य सहित साझेदारीले क्षेत्रगत रुपमा साधारणसभा समेत संचालन गरेको थियो । सहकारीले बलेवा क्षेत्रगत र मुल साधारण सभा गरि दुई चरणमा साधारण सभा संचालन गरेको संस्थाका अध्यक्ष तेजप्रसाद शर्माले बताए । ‘हामिले शहरी क्षेत्र संगै ग्रामिण क्षेत्रलाई संगै समेटेर लैजानुपर्छ भन्ने योजनासहित संस्थाका गतिविधि अगाडी बढाएका छौं अध्यक्ष शर्माले भने,–‘जसरी हामिलाई विश्वास गरेर हाम्रो संस्था प्रति शेयर सदस्यहरुले आकर्षण देखाउनुभएको छ ।‘छिट्टैनै बलेवा क्षेत्रमा साझेदारी बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्थापना गर्नेगरी संस्था अगाडी बढाउने छौं । उनले संस्थाले आफ्नो उद्देश्य अनुरुप कारोबार गर्दै आएको बताए ।

संस्थाको शेयर पुजी ४ करोड ८४ लाख ३० हजार ३ सय रुपैँया रहेको संस्थाका प्रवन्धक त्रिलोचन रिजालले जानकारी दिए । साधारण सभाकै अवसरमा उत्कृष्ट कारोबार गर्ने ६३ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो ।

साधारण सभाकै अवसरमा लेखा सुवपरिवेक्षण समितिका संयोजक निलकण्ठ शर्माको लेखा प्रतिवेदन, कोषाध्यक्ष गणेश लम्सालको आर्थिक र सचिव डिल्ली गौतमको प्रगति प्रतिवेदन सर्वसम्मत पास भएको थियो ।

संस्थाका अध्यक्ष तेज प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष चुडामणी आचार्यको स्वागत र संस्थाका सचिव डिल्ली प्रसाद गौतम र सहसचिव श्रीकृष्ण पौडेलको संचालन गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here