
बागलुङ, २३ पौष । प्रगती बहुउद्धेश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा उद्घाटन गर्दै सहकारी संघ बागलुङका पूर्व अध्यक्ष दिपक गौतमले सहकारीलाइ राज्यको बिकासको अपरिहार्य खम्बा बनाउनु पर्ने बताए ।
आर्थिक बिकासको साझेदार भनेपनि अझै सहकारीलाई समान दृष्टीले हेर्न नसकेको भन्दै सहकारीले झै मिलेर काम गर्ने र सानो सानो पूजि संकलन गर्न सके देशको बिकास पनि सहज हुने उनले बताए । सहकारी संस्थाले एककालागि सबै र सबैकालागि एक भन्ने अवधारणा पालना गर्नुपर्ने समेत सहभागिले बताएका थिए ।
सहकारीले काठेखोलाको भीमापोखराबाट पनि सेवा केन्द्र संचालन गरेको अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
२०६४ देखि काम थालेको सहकारीमा ९ सय ९१ जना शेयर सदस्य रहेको सचिव उदयचन्द्र चपाईले बताए । ७ करोड २२ लाख शेयर पूजि मार्फत एक अर्ब ८२ करोड ९० लाखको कारोबार गर्न सकेको उनको भनाइ थियो ।
कृष्णप्रसाद पौडेलको अध्यक्षता, सचिव उदयचन्द्र्र चपाईको संचालन र तोया गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा डिल्लीराज गौतम, टिकाराम सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
