ताराखोलाका मृगौला पीडित रोकालाई उपचारार्थ १५ लाख सहयोग

बागलुङ, १४ कार्तिक । बागलुङको ताराखोला गाउँपालिका ५ स्थित मृगौला पीडित संकल रोकालाई दुई क्लब र स्थानीयको सक्रियतामा संकलित १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

तिहारको अवसरमा नवसृजना युवा क्लबले आयोजना गरेको दिपावली मेलाको अवसरमा मृगौला पीडितका परिवारलाई आर्थिक सहयोग हस्तातरण गरिएको हो ।

ताराखोलास्थित नवसृजना युवा क्लब र असारे युवा क्लबको सक्रियता र वैदेशिक रोजगारीको लागि बहराइनमा रहनुभएका जीवन रोकामगरको संयोजकमा संकलन भएको १५ लाख ३५ हजार रुपैयाँ बिरामीका परिवारलाई हस्तारण गरिएको नवसृजना युवा क्लबका अध्यक्ष पुर्णभद्र निउरेले बताए ।

निउरेका अनुसार नवसृजना युवा क्लब र असारे युवा क्लबको संयुक्त आर्थिक संकलन अभियानमा १४ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ र बहराइनमा कार्यरत जीवन रोका मगरको संयोजकमा ६५ हजार ४ सय २४ रुपैयाँ संकलन भएको थियो ।
तेस्रोपटक वैदेशिक रोजगारीका लागि तयारीमा रहेका २५ वर्षीय रोकालाई स्वास्थ्य जाँच गर्दा दुवै मृगौलाले काम नगरेको चिकित्सकले बताएका थिए ।

३ बर्ष कतार र १ बर्ष युएइमा रोजगारी गरेर फर्केका उनलाइ शारीरिक रुपमा कुनै समस्या थिएन । तेस्रोपटक बहराइन जाने सोच बनाएर स्वास्थ्य जाँच गर्दा उनलाई मृगौलामा समस्या आएपछि वैदेशिक रोजगारीमा पठाउन नसकिने रिर्पोट आएको थियो ।

उनले वैदेशिक रोजगारीका लागि गरिएको मेडिकल रिपोर्टमा बिस्वास नलागे पछि सहिद धर्मभक्त मानब अंग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाण्डौमा पुनः स्वास्थ्य जाँच गर्दा दुबै मृगौलाले काम नगरेको पत्ता लागेको थियो ।

कमाउन हिडेको छोराको मृगौला फेल भएको खबरले हामी अतालियौं, संकलका बुवा भिम बहादुर रोकाले भने, छोराको जीवन बचाउने चाहना छ त्यसैले साथ दिदै आउनुभएको छ । अठ्यारोमा सहयोगको माग गरेका छौं । सकारात्मक सोचका साथ आर्थिक सहयोगको अपेक्षा गरेका छौं ।

६ जनाका परिवार रहेका भिमबहादर रोकाको संकल माहिला छोरा हुन् । भिमबहादुरका अनुसार सहयोग गर्न चाहनले संकल रोकाको प्रभु बैंक ताराखोला शाखाको खातामा सहयोग गर्न सकिने छ । खाता नं ण्टण्ण्ज्ञछज्ञद्दछघद्दण्ण्ण्ज्ञट प्रभु बैंकमा पठाउन सकिने परिवारले बताएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here