
काठमाडौँ, भदौ २९ । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा यो दिन सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी पाँच रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको आज घटेर ९२ हजार ८०० रुपैयाँमा झरेको छ । त्यस्तै, यसअघि प्रतितोला ९३ हजार रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार ३०० रुपैयाँ पर्नेछ ।
यता, चाँदी पनि आज सामान्य घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँ रहेको थियो ।