बानपाका दुई पूर्वजनप्रतिनिधि सहित पाँच जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

बागलुङ, १९ भदौ । बागलुङ नगरपालिकाका दुई जना पूर्वजनप्रतिनिधि सहित पाँच जनालाई आईतबार भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाले नदीजन्य पदार्थको कर संकलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कमदर राखी नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार कार्य गरेको ठहर गर्दै बागलुङ नगरपालिकाका तत्कालिन दुई जना जनप्रतिनिधि र तीन जना कर्मचारीका विरुद्धमा मुद्धा दायर गरेको हो । अख्तियारले बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्का, वडा नम्बर २ का तत्कालिन वडाअध्यक्ष जीवन आचार्य, नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजश्व शाखाका सदस्य सचिव काशिराम शर्माले भ्रष्टाचारजन्य कार्य गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले प्रदेश सरकारको कानुन बमोजिम तोकको दरमा सूचना प्रशान गरी ठेक्का लगाउनुपर्नेमा सो नगरी विक्री वितरण दर घटी निर्धारण गरेर सोहि आधारमा राजश्व संकलन गरी नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ रुपैयाँ नोक्सानी पु¥याएको बताएको छ ।

अख्तियारले दर्ता गरेको मुद्धामा पाँचै जनालाई समान ३४ लाख ८० हजार १ सय ३२ रुपैयाँ विगो दावी गरिएको छ । अख्तियारका प्रबत्ता श्याम कुमार भण्डारीले जारी गरेको विज्ञप्ती अनुसार पाँचै जनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ख) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम निजलाई विगोको आधारमा सोहि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिम सजाय र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजश्वको दोब्बर जरिवाना हुन समेत मागदाबी लिएको बताइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here