बागलुङ, २२ साउन । बागलुङको ताराखोला गाउँपालिकाले तत्कालिन द्वन्द्वकालमा सहित, वेपत्ता, अपाङ्गा तथा घाईते परिवारका सदस्यलाई मासिक भत्ता दिने भएको छ ।
राजनीतिक तथा सामाजिक परिवर्तनको लागि योगदान पु¥याउने व्यक्तिका परिवारको सदस्यलाई सम्मान तथा राहत स्वरुप मासिक एक हजार पाँच सय रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
ताराखोला गाउँपालिका दश बर्षे सशस्त्र द्वन्द्वकाल अवधिमा सबै भन्दा बढी प्रभावित क्षेत्र हो । गाउँपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटमा भत्ता वितरण कार्यक्रम समावेश छ ।
ताराखोलामा द्वन्द्वको समयमा राज्य पक्षबाट २१ जना सहिद र दुई जना वेपत्ता भएका थिए । विद्रोही माओवादीबाट चार जनासहिद गरी २७ जना लाई मासिक भत्ता प्रदान गर्ने ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले जानकारी दिनुभयो ।
भत्ता रकमको लागि गाउँसभाले बजेट विनियोजन गरेको छ । राज्यले सहिद र वेपत्ता परिवारको सुचिकृत गरेको भत्ता वितरण कार्यक्रम नियमित हुने उहाँको भनाई छ । घाईते तथा अपाङ्गता भएका व्यक्तिको हक परिचय पत्रको आधारमा भत्ता वितरण गरिने छ । उनीहरुलाई वडा र जिल्ला प्रशासनले प्रमाणित गरे घाइतको प्रकृति अनुसार पाँच सय देखि एक हजार रुपियाँसम्म प्रदान गरिनेछ ।
अध्यक्ष विकका अनुसार गाउँपालिकामा गम्भिर प्रकृतिका ११ जना द्वन्द्वकालीन घाईते छन् । ‘राजनीतिक तथा सामाजिक परिवर्ततको लागि ज्यान गुमाउने प्रति हाम्रो उच्च सम्मान छ’ अध्यक्ष विकले भन्नुभयो–‘भत्ता रकमले स्थानीय सरकार परिवर्तन कामी जनताको पक्षमा छ भन्ने सन्देश दिनेछ ।’