बागलुङ, १३ साउन । पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने यान्त्रिक पुलले १० वर्षसम्म राजश्व नबुझाई संचालन गरिरहेको छ । महालेखाले कुश्मा नगरपालिका क्षेत्र भित्र पर्ने कुश्मा बलेवा जोड्ने यान्त्रिक पुल संचालन भएको १० वर्ष सम्म राजश्व नतिरेको जनाएको छ ।
महालेखाको ५९ औं प्रतिवेदन अनुसार यान्त्रिक पुलबाट यात्रु ओसारपोसार गर्दा शुल्क लिने गरेको भएपनि हालसम्म कर राजश्व बुझाएको छैन ।
पालिकाले कर कुन निकायममा कहिले बुझाएको भनि लेखापरिक्षणको क्रममा पत्र पठाउँदा पत्रको प्रतिक्रिया समेत नदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यान्त्रिक पुलको व्यवसाय नविकरण भए वा नभएको तथा सम्बन्धित सरकारलाई कानुन बमोजिम शुल्क संकलन बापत राजश्व बुझाउनुपर्ने हुन्छ अन्यथा छानविन गरी नियमअनुसार लाग्ने कर संकलन गर्न महालेखाले सुझाएको छ ।