इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

काठमाडौं, ३० असार । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ ।

विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो ।

चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएसँगै थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने वैदेशिक रोजगार विभागमा निर्देशक श्रीचन्द्र साहले बताए ।

इजरायल जाने युवाको सबै प्रक्रिया पूरा गरेर भिसा प्राप्त भए लगत्तै सातामा २ वटा उडानमार्फत छनोट भएका सबै युवालाई पठाउने तयारी गरिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here