नीति तथा कार्यक्रम : कृषि र स्वदेशी उत्पादनमा प्राथमिकता

काठमाडौं, ११ जेठ । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आर्थिक वर्ष २०७९/८० को सरकारी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गर्ने नीति सरकारले ल्याएको छ । कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने नीति सरकारको छ । आगामी वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिन विशेष व्यवस्था गरिने भएको छ ।

सबैभन्दा धेरै आयात हुने धान मकै, आलु, प्याज, ओखरजस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन गर्न विशेष कार्यक्रम अघि बढाइने नीति सरकारले लिएको छ। कृषिमा सूचना प्रणाली अपनाइने र कृषकको संरक्षण गर्ने नीति लिइनेछ । सरकारले प्रांगारिक मलमा अनुदान दिने भएको छ । २२ हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार र सिँचाइका लागि विद्युत् महसुलमा पनि छुट दिइने भएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here