फेरि बढ्यो पेट्रोलको मूल्य, एक लिटरको १८० रूपैयाँ

काठमाडौं, ८ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो ।

यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ । खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्‍याइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here