सुनचाँदीको भाउ घट्यो

बागलुङ, १२ बैशाख । सोमबार सुनचाँदी दुबैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ र चाँदी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँ र चाँदी एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो .

यस्तै, तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनेको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here