बलेवा एकता सहकारीले बागलुङ बजारमा सेवा केन्द्र संचालन गर्ने

बागलुङ, २६ चैत । बागलुङ नगरपालिका–१४ नारायण स्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारबाट सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।

सहकारीका बागलुङ बजारमा उपलव्ध शेयर सदस्यहरुको भेलाले बागलुङ बजारमा सेवा केन्द्र सञ्चालनका लागि चन्द्र प्रकाश शर्मा ‘गणेश’को अध्यक्षतामा ९ सदस्यीय सेवा केन्द्र सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा टिकाराम शर्मा, सचिवमा तारानाथ आचार्य र कोषध्यक्षमा कल्पना सुवेदी चयन भएका छन् । सदस्यहरुमा बाबुराम लम्साल, इन्दिरा भूसाल, राहारा खड्का, हरिप्रसाद पाध्या र बालकृष्ण रेग्मी चयन भएको प्रबन्धक भरत पौडेलले जानकारी दिए ।

त्यस्तै लेखा समितिको संयोजकमा जीवन शर्मा र सदस्यहरुमा बालाजी शर्मा र बिना सुवेदी चयन भएका छन् । सेवा केन्द्रका बिभिन्न उपसभितिहरु कार्यसमितिले गठन गर्ने छ । बिप्रेसण सुविधा सहित सहकारीले आगामी बैशाख १ गतेदेखिसमिक्षालय चोकमा सेवा केन्द्र स्थापना गरेर कारोवार सुचारु गर्ने जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here