मन्दिरमा ‘क्युआर’ प्रविधिमार्फत भेटी संकलन

बागलुङ, १६ फागुन । प्रशिद्ध शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङले विद्युतीय प्रणालीमार्फत भेटी संकलन कार्य सुरु गरेको छ ।

प्रभु बैंक बागलुङ शाखाले मन्दिर व्यवस्थापन समितिको नाममा रहेको खातामा जिम्मा हुने गरी ‘क्विक रेन्टपोन्स’ (क्यु आर कोर्ड) विद्युतिय भुक्तानी जडान गरे पछि मन्दिरमा विद्युति प्रणालीमार्फत भेटी संकलनको काम सुरु भएको हो ।

‘स्क्यान गरौँ भेटी चढाऔँः पुण्य कमाउ, यसपालि भेटी नगदबाट होईन क्यु आरबाट गरौँ’ भन्ने नाराका साथ प्रभु बैंकले कालिका भगवती गुठी व्यवस्थापन समितिलाई क्युआर कोर्ड उपलब्ध गराएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले जानकारी दिनुभयो ।

मन्दिरमा आउने भक्तजन तथा पर्यटकले चढाउने भेटीलाई विद्युतीय बनाउन मन्दिरको आसपासमा क्युआर कोर्ड स्थापना गरिएको छ । नगद नबोक्ने भक्तजनले विद्युतीय प्रविधिको प्रयोग गरेर भेटी चढाउन सक्ने अध्यक्ष खडकाको भनाई छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्युआर बोर्ड उपलब्ध गराएको प्रभु बैंक गण्डकी प्रदेश शाखाका प्रमुख राजु रानाले बताउनुभयो । विद्युतीय कारोबारले मन्दिरको पारदर्शिता बढाउनुका साथै मन्दिरमा कार्य बोझको समस्या कम हुने उहाँको भनाई थियो । कोरोना संकटकालिक अवस्थामा विद्युतीय भुक्तानी अझै प्रभावकारी र व्यवहारिक हुने रानाको भनाई छ ।

क्युआर कोर्ड हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख डाक्टर रामशरण खरेलले विद्युतीय भुक्तानीको कारोबारलाई बढाउँदै लैजानुपर्नेमा जोडदिनुभयो । नगदको भौतिक कारोबार भन्दा विद्युतीय कारोबार छिटो, छरितो र सजिलो हुने दावी गर्नुभयो । विद्युतीय भुक्तानी कारोबारलाई विस्तार गर्न सके सरकारको खर्चमा समेत कटौती हुने खरेलको भनाई छ ।

मन्दिर व्यवस्थापन समितिले पहिलो पटक क्युर आर कोर्डमार्फत भेटी संकलन गर्न थालेको हो । यद्यपी नगदमा प्रदान हुने भेटी पनि संकलन गरिनेछ । भक्तजनको चाहना र आवश्यकता अनुसार नगद तथा विद्युतीय भुक्तानी गर्न सक्ने सचिव भरत खडकाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here