जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा जिसी चयन

बागलुङ, ३० पुस । जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा हुमाकुमारी जिसी (अञ्जु) चयन हुनुभएको छ ।

शुक्रबार भएको १३ औं बार्षिक साधारणसभाले जिसीको अध्यक्षतामा ११ सदस्य नयाँ संचालक समिति चयन गरेको हो ।

संघको उध्यक्षमा पिङ्गला जिसी, सचिवमा दुर्बलकाजी राजभण्डारी र कोषाध्यक्षमा लक्ष्मण पुन चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा खिम बहादुर कार्की, युक्तजंग राजभण्डारी, जगन्नाथ सापकोटा, शिवकुमारी खत्री, बृहस्पती कंडेल, चिनीमाया काला र लिलादेवी खड्का चयन हुनुभएको छ ।

यस्तै मिन बहादुर केसी मिलनको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरिएको छ । लेखा समितिको सदस्यहरुमा कोपिला खरेल सापकोटा र थानेश्वर सुवेदी चयन हुनुभएको छ ।

संघको साधारणसभाको उद्घाटन समारोह पछि बोल्दै संघिय सभा सांसद मन कुमारी केसीले सहकारी संघले सहकारी संस्था लिमिटेडहरुलाई नियममा संचालन गर्नको लागि अभिभाकत्वको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरु उद्देश्य अनुसार कार्य नगरि बचत तथा ऋणमा मात्र सिमित भएकोले संघले उद्देश्य अनुसार काम गर्नको लागि सहजिकरण गरिदिनुपर्ने बताउनुभयो ।

साधारणसभाको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, राष्ट्रिय सहकारी बैंकका संचालक राम बहादुर जिसी र केन्द्रिय बचत तथा ऋण सहकारी संघका संचालक सदस्य चण्डीप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी र संचालन सचिव तेजेन्द्र थापाले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here