
बागलुङ, १८ पौष । स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १२ औ. बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारीको साधारणसभाको उद्घाटन पछि बोल्दै संघिय सांसद मन कुमारी केसीले सहकारीहरुले आफ्नो उद्देश्य अनुसार कार्य नगरेको भन्दै अनिवार्य काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरु बचत र कर्जा लगानीमा मात्र केन्द्रीत हुन नहुने बताउनुभयो ।
सहकारीको साधारणसभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी ‘अन्जु’, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड ७० लाख ९१ हजार १ सय ५८ रुपैयाँको कारोबार गरेको संस्थाका कोषाध्यक्ष रेणु केसी हमालले बताउनुभयो । उहाँले संस्थामा शेयर बचत र अन्य गरि ८ करोड २५ लाख १२ हजार २ सय १३ रुपैयाँ कुल सम्पत्ती रहेको बताउनुभयो ।
साधारण सभाले सचिव लेख बहादुर खड्काले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रेणु केसी हमालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक लक्ष्य बहादुर रायमाझीको लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभामा उत्कृष्ट कर्मचारी सहनशिला केसीलाई सम्मान गरेको थियो ।
साधारणसभा संस्थाका अध्यक्ष शिवकला थापाको अध्यक्षता, उपाध्यक्ष सूर्यबहादुर महतको स्वागत तथा सचिव लेखबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
