
बागलुङ, १८ पौष । कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन पछि बोल्दै राष्ट्रिय सहकारी महासंघका सदस्य हुमाकुमारी जिसीले सहकारीहरुले राम्रा कामहरुको सुरुवात गरेको भन्दै सवै सहकारीहरुले मुख्य उद्देश्य अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कमर्शियल सहकारीले आफ्नो उद्देश्य अनुसार उपभोक्ताहरुका लागि पसल संचालन गर्नुका साथै बचत तथा कर्जाको कारोबार गर्दै आएको भन्दै अन्य सहकारीको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, धौलागिरी टेलिभिजनका उपाध्यक्ष दयाराम पौडेल, साझेदारी बहुउदेश्यीय सहकारीका उपाध्यक्ष चुडामणी आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाले सचिव टेक बहादुर आरसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष लेखनाथ पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । सहकारीमो आर्थिक वष २०७७/०७८ मा ९३ करोड ३१ लाखको कारोवार गरेको कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको संचालन सचिव टेक बहादुर आरसी र स्वागत मन्तव्य कोषाध्यक्ष लेखनाथ पौडेलले व्यक्त गर्नुभएको थियो ।