लायन्स क्लव अफ बागलुङ कालिगण्डकीद्वारा धौलगिरी क्याम्पसलाई फर्निचर सहयोग

बागलुङ, ८ पौष । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले धौलगिरी बहुमुखी क्याम्पसलाई फर्निचर सहयोग गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरि क्लबले क्याम्पसलाई ५० हजार बराबरको फर्निचर सहयोग गरेको हो ।

सामाजिक क्षेत्रमा सहयोग गर्दै अईरहेको क्लवले क्याम्पसको शैक्षिक उन्नयनमा सघाउने उदेश्यले आश्यक फर्निचर सहयोग गरेको जनाएको छ । सो अवसरका बोल्दै क्याम्पस प्रमुख डाक्टर रामप्रसाद उपाध्यायले क्याम्पसमा सहयोग गरेर लायन्स क्लबले सह्रानीय कार्य गरेको बताए ।

सामाजिक सेवा अन्र्तगत क्याम्पसलाई सहयोग गर्नु आफैमा सुखद् भएको भन्दै भोलीका दिनमा पनि सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका अध्यक्ष गणेशदत्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ बागलुङका पूर्व अध्यक्ष पिएमजेएफ दुर्गा कुँवर, लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका सस्थापक अध्यक्ष एमजेएफ अनुप रिजाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लवका द्धितिय उपाध्यक्ष विप्लप शर्माको स्वागत र सचिव शेखर खड्काको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here