प्रवासीलाई कोसेली दरामखोलाको असला माछा

बागलुङ, ३ पौष । बागलुङको तेस्रो ठुलो व्यापारी केन्द्र गलकोट बजारको छेउ हुँदै बग्ने खरमखोला असला माछाको लागि चर्चित छ ।

त्यहाँको माछा स्वदेशमा भन्दा प्रवासमा रहेका गलकोटेको रोजाईमा परेको हो । असला माछाका पाराखीले प्रवासमा सुकुटी मगाउन थाले पछि माछाको मुल्य बढेर गएको हो । दरमखोलाको चिसो पानीमा पाईने असला माछा निकै स्वादिलो हुने हुँदा यसको माग बढ्दो छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोलामा पाइने असला माछाको माग विदेशमा बढेपछि यसको मुल्य विगत केही बर्ष यता ह्वातै बढेको हो ।

अहिले दरमखोलामा पाइने सुकेको असला माछाको प्रति किलो पाँच हजार रुपियाँ बढी पर्न थालेको छ । अन्यत्र पाइने माछा भन्दा बढी स्वादिष्ट हुने भए पछि दरमखोलाका माछा जापान, अमेरिका, बेलायत, तथा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।

गलकोट क्षेत्रमा विश्वका विभिन्न मुलुकमा पुगेका आफ्ना आफन्तलाई कोसेली पठाउनका लागि भने जति पैसा तिरेर माछा किन्ने आफ्ना तयार हुन्छन । व्यवसायिक रुपमा माछा विदेश निर्यात नभए पनि कोसेलीको रुपमा विदेश पठाउने चलन बढेको गलकोट होटल व्यवसायि संघका अध्यक्ष कौशिला घर्तीले बताउनुभयो ।

असला माछाका पारखी बढी छन् उहाँले भन्नुभयो–‘कोसेली पढाउने आफन्तको माग बढी हुँदा मुल्य चर्काे भएको छ । असला माछा खानकै लागि गलकोट आउनेलाई माग अनुसार पुर्याउन कठिन हुने घर्तीको भनाई छ ।

कोलेसीको माग बमोजिम नै जलाहारी माछा मार्न जाने गरेको स्थानीय नवीन काउचाले बताउनुभयो । आलो माछा प्रति किलो एक हजार रुपियाँ र सुकुटी माछाको मुल्य १० हजार रुपियाँसम्म पर्ने काउचाको भनाई छ । दरम खोलामा करिव २५ जना युवाले दैनिक माछा मारेर जीविको पार्जन गर्दै आएका छ । असला माछाको माग विदेशमा बढी हुँदा किन्नेहरुको प्रतिस्पर्धाले मुल्य राम्रो पाउने काउचाले बताउनुभयो ।

जिल्लाको तेस्रो ठुलो व्यापारी केन्द्र गलकोट बजारमा मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलेसमेत खरिद गर्छन । विषादी तथा करेन्ट लगाएर माछा मार्ने गतिविधिले खोलामा माछा कमी हुँदै गएको जलारी रामबहादुर श्रीसको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here