साझेदारी सहकारीको ‘खुसी सदस्य, दिगो संस्था’ अभियान

बागलुङ, १५ कात्तिक । साझेदारी बहुउदेश्यीय सहकारी संस्थाले आगामी तिन बर्षमा ६० करोड सम्पति पु¥याउने लक्ष्य सहित आफ्नो योजना अगाडी सारेको छ । सहकारीले ‘खुसी सदस्य, दिगो संस्था’ को परिकल्पना सहित आफ्नो दोस्रो रणनितिक योजना तयार गरेको हो ।

पोखरामा सम्पन्न संस्थाको तिन बर्षे रणनीतिक योजना तर्जुमा गोष्ठीको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री मणीभद्र शर्मा कंडेलले साझेदारीले अगाडी सारेको ‘खुसी सदस्य, दिगो संस्था’ को अवधारण आफुलाई मन परेको बताउनुभयो । ‘सहकारीको काम नै आफ्ना सदस्यलाई खुशी, सवल र समृद्ध बनाउनु हो’ कंडेलले भन्नुभयो ‘साझेदारीले आफ्ना सदस्यहरुलाई बित्तिय तथा ब्यवसायीक योजना मार्फत आर्थिक सामाजिक रुपमा सबल बानाउन भुमिका खेल्नु पर्दछ ।’

उत्पादन र ब्यवसायीकरण सहकारीको धर्म भएको कडेलको भनाई छ । राज्यले तय गरेका निति तथा निर्देशन पुरा गरी सहकारी संस्थाहरु दिगो र विश्वसनीय रुपमा अगाडी बढ्नुपर्न उहाले बताउनुभयो । ‘मुलुकमा विद्यामान बेरोजगारी र युवा बिदेश पलायनको दर कम गर्न सहकरीले भुमिका खेल्न जरुरी छ ।’ कंडेलले भन्नुभयो ।

सदस्यहरुमा आर्थिक सवलताको विकास गरी खुशी सदस्यसहित दिगो संस्था निर्माणको परिकल्पना सहितको योजना तयार पारेको संस्थाका अध्यक्ष तेज प्रसाद शर्माले बताउनुभयो । योजना अनुसार सहकारीले सदस्य र समुदाय केन्द्रित विभिन्न गतिविधि संचालन गर्ने छ । सदस्यहरुको वित्तिय तथा ब्यवसायीक सहयात्रीको रुपमा आर्थिक तथा गैह्र आर्थिक क्रियाकलापको भरपर्दाे साझेदारको रुपमा सहकारी अगाडी बढ्ने छ । सहकारीले सदस्यता विस्तार, सदस्यमा आर्थिक समृद्धि तथा विबिध बहुउद्धद्देश्यीय परियोजना संचालन गरि समग्र समुदायलाई आर्थिक समृद्धिको दिशातर्फ लौजाने अध्यक्ष शर्माले बताउनुभयो । ‘साझेदारीको प्रमुख योजना समाजमा रहेका सबै बर्गलाई सहाकारीमा आबद्ध गराउने र सदस्यहरुलाई आर्थिक रुपमा समृद्ध बनाउने हो’ अध्यक्ष शर्माले भन्नुभयो ‘त्यसका लागी स्पस्ट योजना अनुसार अगाडी बढेका छौ ।’

तिन बर्षको अवधिमा कम्तीमा तिन हजार सदस्य बृद्धि गर्ने सहकारीको लक्ष छ । सहकारीले सदस्यको आर्थिक क्षमता तथा चाहना अनुसारका अल्पकालिन तथा दिर्घकालिन बचत तथा ऋणका योजना अगाडी वढाउने छ । ‘युवा, महिला, बाल–बालिका, विद्यार्थी, बृद्ध–बृद्धा, उद्योमी, ब्यापारी लागएतका लागी छुट्टा छु्ट्टौ बचत योजना सुरु गर्दै छौ’ शर्माले भन्नभयो । सहाकारीले सदस्यको सवल र सुरक्षित भविष्यका लागी शिक्षा स्वास्थ संग सम्वन्धीत परियोजना समेत संचालन गर्ने बताएको छ ।

बागलुङ नगरपालीका क्षेत्र कार्यक्षेत्र रहेको सहकारीले समाजको ठुलो हिस्सा समेट्न कार्यक्षेत्र विस्तार गर्ने संस्थाका सचिव डिल्लीप्रसाद गौतमले बताउनुभयो । ‘साझेदारीलाई एक नमुना सहकारीको रुपमा विकास गर्न हामि लागी परेका छौ’ गौतमले भन्नुभयो ।

सहकारीले आगामी बर्ष भित्रमा ३ हजार सदस्य सहित १० करोड शेयर पुजी, विभिन्न कोषहरुमा १० करोड सहित आफ्नो बासलत (ब्यालेन्स सिट) ६० करोड पु¥याउने लक्ष लिएको छ । सदस्यहरुलाई शिक्षा, तालिम तथा आयआर्जन केन्द्रत कामका लागी अर्थिक सहायता प्रदान गर्ने सचिव गौतमले बताउनुभयो ।

समुदायको ठुलो हिस्सा सहकारीमा समेट्ने र सबै सदस्यलाई आर्थिक रुपमा सवल बनाउने उहाँले बताउनुभयो । ‘सहकारीले हाल बहुउदेश्यीय परियोजना संचालन गरिरहेको छ ।’ शर्माले भन्नुभयोे, ‘सामाजिक सेवा, अवसर र रोजगारी सृजना गर्नेखालको परियोजना संचालन गर्ने छौ ।’

कार्यक्रम समापनको अवसरम संस्थाका सल्लाहकार राजेन्द्र आचार्य, प्रशिक्षक राष्ट्रिय सहकारी महासंघक संचालक राजेन्द्र पौडेल, संस्थाका संचालक समिति सदस्य प्रमिला शर्मा लगाएतले सहकारीका विषयमा आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद शर्माको अध्यक्षता र सचिव डिल्ली प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here