सिवाईसी लघुवित्तको नाफा ११७ प्रतिशतले बढ्यो, आईपीओ निष्काशनको तयारी

बागलुङ, ११ कार्तिक । आईपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासमा साढे २ करोड बढी नाफा कमाएको छ ।

बिहीबार सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११७.११ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले १ करोड २६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्यजा आम्दानी पनि वृद्धि भएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४४ लाख ८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा भने ३ करोड ३१ लाख २ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने १२ करोड १२ लाखा ३१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा ३.१२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा भने खराब कर्जा ६.१४ प्रतिशत रहेको थियो ।

कम्पनीले ३ लाख ९५ हजार बढी कित्ता आईपीओ निष्काशन गर्न लागेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here